१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

वन्यजन्तुबाट सर्न सक्ने रोगबारे अध्ययन

फाइल तस्वीर

भक्तपुरमा वन्यजन्तुबाट सर्न सक्ने रोगको सम्भाव्यता र प्रभावबारे अध्ययन थालिएको छ। सोमबारदेखि सुरु भएको वन्यजन्तु संरक्षणसम्बन्धी पाँच दिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो।

नेपाल इन्जिनियरिङ कलेज (नेक), दुवाकोट, भक्तपुरको प्राकृतिक स्रोत व्यवस्थापन संकायलगायतको आयोजनामा सुरु भएको जीव विज्ञानसम्बन्धी कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो।

नेकको प्राकृतिक स्रोत व्यवस्थापन संकाय प्रमुख डा. नारायणप्रसाद कोजूले पाँच दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राध्यापक र विद्यार्थीको संलग्नतामा यसबारे छलफल सुरु भएको बताए। छलफलका क्रममा वन्यजन्तु संरक्षण, तिनीहरूबाट मान्छेमा हुन सक्ने सरुवा रोगको सम्भावना र प्रभाव, वन्यजन्तुसम्बन्धी अध्ययनको तरिका, संकलित तथ्यांकको विश्लेषणलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने उनले बताए।

साथै वन्यजन्तुसम्बन्धीको विज्ञान पत्रकारिताबारे पनि छलफल हुने उनले जनाए। त्यसक्रममा वन्यजन्तुबारे समाचार संकलन तरिका, लेखन आदिबारे पनि छलफल हुने उनले सुनाए।

कार्यशालामा ११ विश्वविद्यालयका २५ विद्यार्थी र आठ प्राध्यापकहरू संलग्न रहेको जनाइएको छ। कार्यशालामा विद्यार्थीहरूका तर्फबाट स्नातक उत्तीर्ण, स्नातकोत्तर अध्ययनरत विद्यार्थी सहभागी भएको जनाइयो।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी विभिन्न विषयका अनुसन्धानकर्मीहरूले अनुसन्धान विधि, प्रयोगबारे छलफल हुने जानकारी गराइने बताइयो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, युनिभर्सिटी अफ वासिंगटन, त्रिभुवन विश्वविद्यालयलगायतबाट सहभागी भएका छन्। कार्यशालामा नेपालका प्राकृतिक स्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान, मुलुकको प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताको महत्त्व, प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताबारे छलफल हुने जनाइयो।

 प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताको संरक्षण र संवर्धन, प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरिने जनायो। साथै प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि छलफल हुने जनाइयो। प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि हुने जानकारी गराइयो।

कार्यशालाको छोटो अवधिले अनुसन्धानका विविध विषयबारे जानकारी प्राप्त गर्न सकिने विश्वास गरिएको छ। यस्ता कार्यशालाको निरन्तरताको आवश्यकताबारे चर्चा गरिने जनाइएको छ। पहिलो दिन प्राकृतिक स्रोतसाधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थिक, शैक्षिक, वैज्ञानिक उन्नति गर्न सकिने सम्भावनाबारे चर्चा भयो। प्राकृतिक स्रोतसाधनमा विश्वले गरेको अनुभवको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाइयो। कार्यशाला शुक्रबारसम्म चल्नेछ।

प्रकाशित: १३ चैत्र २०८० ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App