पूर्व बेलायती प्रधानमन्त्री ऋषि सुनकले मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै यसलाई निर्दोष जीवनबाट शान्ति र आनन्द चोर्ने 'बर्बर' कार्यको रूपमा वर्णन गरेका छन्।
उनले यो क्रुर घटनाका कारण आफूहरूको मन टुटेको समेत बताएका छन्। 'पहलगाममा भएको बर्बर आक्रमणले नवविवाहित जोडी, बालबालिका र खुसी खोज्ने परिवारको जीवन खोसेको छ,' उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।
उनले लेखेका छन्, 'पहलगाममा भएको यो बर्बर आक्रमणले नवविवाहित जोडी, बालबालिका र उत्सव मनाउन आएका परिवारहरूको ज्यान लियो। उनीहरूको लागि हाम्रो हृदय टुटेको छ।'
ऋषि सुनकले भने, ' बेलायत तपाईंको दुःख र ऐक्यबद्धतामा तपाईंको साथमा छ। आतंक कहिल्यै जित्ने छैन। हामी भारतको साथमा छौं।'
मंगलबार भएको आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। मारिनेहरूमा अधिकांश पर्यटक छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार नयाँ दिल्लीमा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक बसेको थियो।
यस बैठकमा धेरै महत्त्वपूर्ण निर्णयहरू लिइए, जसमा पाकिस्तानसँगको सिन्धु जल सन्धी निलम्बन गरिएको थियो। यसका साथै अटारी सीमा पनि बन्द गर्ने निर्णय गरिएको छ। एजेन्सी
प्रकाशित: ११ वैशाख २०८२ १०:१२ बिहीबार




