२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँके राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १० वटा घडियाल गोही

बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ। 

विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि एवम लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ’नमुना’ सहित अतिथिले गोही छाडेका हुन्।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट यी गोही ल्याइएको हो। निकुञ्जले गत वर्ष पनि राप्ती नदीमा १० वटा घडियाल गोही छाडेको थियो।

प्रकाशित: १९ माघ २०८० ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App