बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढकेरीबाट पूर्वतिर आइतबार बिहान एकजना वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्। उनको पहिचान हुन् नसकेको ट्राफिक प्रहरीले जनाएको छ।
उनको शवलाई पोस्टमाटमका लागि भेरी अस्पताल पुर्याइएको छ। उनको मृत्यु वन्यजन्तुको आक्रमण वा गाडीको ठक्करबाट भयो भन्ने यकिन हुन सकेको छैन।
ट्राफिकले वन्यजन्तुले आक्रमण गरेको हुन सक्ने अनुमान गरे पनि स्थानीयले गाडीको ठक्करबाट पनि मृत्यु भएको हुन सक्ने भएकाले अनुसन्धान गर्नुपर्ने बताएका छन्।
प्रकाशित: ४ चैत्र २०८० १०:१५ आइतबार