२० आश्विन २०८१ आइतबार
image/svg+xml

छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।

वीरेन्द्रनगरमा अवैध संरचना भत्काईदैं

सुर्खेत नगर विकास समितिको जग्गामा वर्षैदेखि पहुँचको भरमा बनाइएका संरचना भत्काइने भएको छ। पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने भएको हो।

अवैध लाइसेन्स छानवीन गर्ने महानिर्दैशकलाई नै तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको विषयमा छानवीन गर्ने महानिर्दैशक उद्धव रिजाललाई स्पष्टिकरण सोधिएको छ ।

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

अख्तियारले थाल्यो छानबिन

‘ट्रायल’ नै नदिईकन बिचौलियामार्फत रकम लिएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदान गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

उपमहानगरले रिक्सा नष्ट गरेपछि चालकहरू आन्दोलनमा (तस्बिरसहित)

कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।

‘अवैध’ इलेक्ट्रिक रिक्सामाथि उपमहानगरको डोजर

रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।

गाँजा मिसाइएको केकको अनलाइन कारोबार गर्ने पक्राउ

काठमाडौंमा केकमा अवैध लागुऔषध गाँजा मिसाएर अनलाइनमार्फत कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।

अवैध उत्खनन रोक्न गाउँपालिकाको माग

सर्लाहीको एक पालिकाले बिचौलियाको मिलोमतोमा बागमती र एकारसी नदीको नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन भइरहेको भन्दै रोक्न माग गरेको छ।

नदीको अवैध उत्खनन गरिरहेका चार एक्स्काभेटर नियन्त्रणमा

सर्लाहीको बरहथवा नगरपालिकास्थित बागमती नदीमा अवैध रुपमा मेसिन प्रयोग गरेर नदी दोहन गरिरहेको अवस्थामा प्रहरीले चार वटा एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ।

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

दक्षिण कोरियाले लगायो उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्