२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नदीको अवैध उत्खनन गरिरहेका चार एक्स्काभेटर नियन्त्रणमा

सर्लाहीको बरहथवा नगरपालिकास्थित बागमती नदीमा अवैध रुपमा मेसिन प्रयोग गरेर नदी दोहन गरिरहेको अवस्थामा प्रहरीले चार वटा एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ।

बागमती नदीको हजरिया घाटमा चुरे माफियाले अनाधिकृत रुपमा बिना इजाजत मेसिन प्रयोग गरेर दोहन गरिरहेको अवस्थामा इलाका प्रहरीले कार्यालय बरहथवाको टोलीले चार वटा एक्स्काभेटरलाइ नियन्त्रणमा लिएको हो।

सर्लाहीको बरहथवा नगरपालिकाले बागमती नदी उत्खनन अगाडि करिब दुई वर्ष लगाएर मधेस प्रदेश कार्यालय जनकपुरबाट विज्ञ बोलाएर नदी उत्खनन गर्नभन्दा अगाडि नदीको (इआइए) प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन गराएर यसपटक तिन वटा घाट उत्खनन गर्न ठेक्का लगाएको थियो।

वातावरण विज्ञको टोलीले माफियाहरूले अहिले उत्खनन गरिरहेका ठाउँ खरसाल घाट नजिक खोलाको सतह तल परेको र उत्खनन गर्ने अवस्था नभएको रिपोर्टमा देखाएपछि बरहथवा नगरपालिकाले नदी उत्खनन र ठेक्का प्रक्रियामा रोक लगाएको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले बताए।

कानुनी सल्लाहकार बरालका अनुसार नदीमा एक वटा मेसिन लगाउन नगरपालिकाले इजाजत दिए पनि माफियाहरूले प्रतिबन्ध बन क्षेत्रसमेत रहेको ठाउँमा चार वटा एक्स्काभेटर मेसिन प्रयोग गरेर उत्खनन गरी दोहन गरेको कारण नियन्त्रणमा लिएका मेसिनका सञ्चालकलाई  हदैसम्मको कार्यवाही गर्न सम्बद्ध पक्ष कानुनी सल्लाहकार बरालले माग गरेका छन्।

बरहथवा नगरपालिकाले नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभेल निकासीको लागि हजरिया घाटबाट उत्खननको लागि सर्लाही लाल बन्दीका रोहन इन्जिनियरिङ एन्ड बिल्डर्सलाई ८५ लाखमा ठेक्का लगाएको छ।खोला उत्खननको इजाजत नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई एक वटा मेसिन लगाउन अनुमति मात्रै दिए पनि स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम दिएर अवैध रुपमा नदी दोहन गर्न थालेपछि स्थानीयले विरोध जनाएको थियो।

प्रकाशित: १२ पुस २०८० १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App