२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारी कर्मचारी नै मानव तस्करीमा !

प्रहरीले अध्यागमनका नौ अधिकृतसहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।

भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।

मन्त्री नै हल्लाउँछन् कर्मचारी !

यातायात व्यवस्था विभागका केही विवादास्पद कर्मचारी सरुवाका लागि यातायात पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरिए पनि मन्त्री र सचिव दुवै त्यसमा असमर्थ देखिएका छैनन्।

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ।

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।

यी हुन् शंकास्पद र नक्कली लाइसेन्स जारी गर्ने पूर्व महानिर्देशकहरू...

यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईको कार्यकालमा नक्कली र शङ्कास्पद सवारी चालक अनुमति पत्र (लाइसेन्स) सबैभन्दा बढी जारी भएको पाइएको छ।

बल्ल सजाय पाए इच्छाराजले

विशेष अदालतले संविधानसभाका पूर्वसदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी ३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहित तीनजनालाई दोषी ठहर गरेको छ।

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट ठोस पहल भइरहेको दाबी गरे।

स्क्वायर होटलका सञ्चालक भण्डारी पक्राउ

पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालक पक्राउ परेका छन्। आइतबार होटलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको ललितपुरको प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए।

छ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो : विभाग

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ।

यती हवाई दुर्घटनाको एक वर्ष : बिथोलिएको पर्यटन लयमा फर्किंदै

यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।

एनएमबी बैंकको अध्यक्षमा गोयल

एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। २८औं साधारणसभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सकियो महालक्ष्मी बैंंकको साधारणसभा

महालक्ष्मी विकास बैंककोे बाइसौं साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

जर्मनीबाट आयो ६ लाख थान लाइसेन्स, ल्याब टेस्ट गर्न फेरि उतै पठाइने

कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्