७ आश्विन २०८१ सोमबार
image/svg+xml

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।

स्वाब संकलन गर्न विरामीको घरमै पुगिन् गाउँपालिका अध्यक्ष

सुनकोसी(सिन्धुली) यहाँको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा विरामीको स्वाब संकलन गर्न घरघरमै पुग्न थालेकी छन् ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाब संकलन

खोटाङको साकेला गाउँपालिकाले दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ।

विराटनगरका तीन स्थानबाट स्वाब संकलन

नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।

नाैं महिनामा त्रियुगा नगरको राजश्व ६४ प्रतिशत

उदयपुरको त्रियुगा नगरपालिकाले चालु वर्षको राजश्व संकलन उत्साहजनक रुपमा भईरहेको जनाएको छ। कोभिड कहरले थलिएको अर्थतन्त्रमा पनि नगरपालिकाले चालु आर्थिक वर्ष उत्साहजनक रुपमा राजश्व संकलन भएको जनाएको छ ।

रसुवा भन्सारः चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। कार्यालयले चैत महिनामा ६२ करोड ६९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा ३२ करोड ९४ लाख १ हजार रुपैयाँ मात्र संकलन भएको छ।

४८ करोड रूपैयाँ हिमाली दस्तुर संकलन

तथ्यांक अनुसार यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहण अनुमतिबाट ४८ करोड ७७ लाख २३ हजार आठ सय ९४ रूपैयाँ दस्तुर संकलन भएको हो। सरकारले आरोहणका लागि खुला गरेको हिमाल चढ्न हालसम्म ७३ समूहका ६ सय ५४ जनाले अनुमति पाएका छन्।

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन

मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकेका छन्। एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षरसमेत गरिसकेको स्रोतले बताएको छ।

रसुवागढी भन्सारमा लक्ष्यको २८ प्रतिशत

गत जेठदेखि चिनियाँ गाडीले सामान आयात गरिरहेका छन्। चिनियाँ गाडीले ल्याएको सामान नेपाली गाडीमा ल्याई भन्सार जाँचपास गरेर छोड्ने बाहेक अरू क्रियाकलाप अघि बढेको छैन। जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व संकलन लक्ष्य पनि प्रभावित भएको छ।

हलेसीमा १५ दिनमा ७ लाख भेटीघाटी संकलन

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १५ दिनमै ७ लाख भेटीघाटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा गत फागुन १४ गतेदेखि २९ गतेको अवधिमा ७ लाख २१ हजार ४०० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

उदयपुरमा ८ महिनामा लक्ष्यको ५१ प्रतिशत राजश्व

कोभिडका कारण थिलथिलो भएको देशको अर्थतन्त्रको बाछिटा उदयपुरमा पनि परेको छ। जसले प्रत्येक्ष प्रभाव राजश्व संकलनमा पर्ने देखिएको करदाता सेवा कार्यालय गाईघाटमा हालसम्म संकलित राजश्वले देखाएको छ।

रसुवा भन्सारः दोस्रो चौमासिक बितिसक्दा पनि राजस्व संकलन बढ्न सकेन

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले नाका सञ्चालनमा ल्याएको छैन। नाकाबाट एकतर्फी रूपमा आयात भएको छ। गएको एक वर्षदेखि नाकामा अन्य व्यापारिक कारोबार भएको छैन।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाँ सहयोग गर्नुपर्नेछ।

सुठौली भन्सारमा बार्षिक लक्ष्यको झन्डै ढेड गुणा राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा नै बार्षिक लक्ष्य भन्दा बढी रकम उठेको छ। भन्सारमा अर्ध बार्षिक अवधि मै बार्षिक लक्ष्यको करिब ढेड सय प्रतिशत रकम संकलन गरेको हो।

रसुवा भन्सारः आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्