coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्वाब संकलन गर्न विरामीको घरमै पुगिन् गाउँपालिका अध्यक्ष

सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित वडा नम्बर ७ को एक घरमा स्वाब संकलन गर्दै । तस्बिरः अनिल/नागरिक

सुनकोसी(सिन्धुली) यहाँको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा विरामीको स्वाब संकलन गर्न घरघरमै पुग्न थालेकी छन् । गाउँपालिकामा कोरोना भाइरस बढेको भन्दै ज्वरो रुघाखोकी लागेका विरामीको घरमा स्वाब संकलन गर्नका लागि किट बोकेर गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीहरु विरामीको घरघरमै पुग्न थालेका हुन् । यहाँको सुनकोसी गाउँपालिकाले विरामीको घरमै गएर कोरोना परिक्षण गर्न थालेको छ । कोभिड १९ को दोस्रो चरणको संक्रमण दर बढेसँगै कोरोनाका शंकास्पद  र विरामीका लागि घरमै पुगेर कोरोना परिक्षण गर्ने सुविधा गाउँपालिकाले दिएको हो ।  

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालका अनुसार गाउँपालिकाभित्र कोरोना फैलदै गएपछि गाँउघरमै स्वाब संकलन गर्नका लागि स्वास्थ्यकर्मी सहितको टोली घरमै लगिएको हो । कोरोना संक्रमणकै कारण सुनकोसी गाउँपालिकाका २ स्थानियको राजधानी काठमाण्डौमा मृत्यु भएपछि गाउँपालिकामा कोरोना परिक्षणको दर बढाइएको गाउँपालिकाले जनाएको छ । सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ स्थित गहुँखर्क र सुनकोसी गाउँपालिका वडा नम्बर ७ को मझुवाका स्थानियलाई घरमै पुगेर कोरोना परिक्षण गरिएको गाउँपालिका अध्यक्ष दाहालले बताइन् । कोरोनाका विरामीसँगको संसर्ग भएका घरमा, ज्वरो आउने तथा कोरोनाको लक्षण देखिएका विरामीको घरमै पुगेर स्वाब संकलन गरि कोरोनाको परिक्षण दर बढाइएका छौ, गाउँपालिका अध्यक्ष दाहालले नागरिकसँग भनिन्, एक गाँउमा ८÷१० जना विरामी भएपछि हामी स्वाब संकलन गर्न विरामीका घरमै पुग्छौ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमण बढेसँगै सुनकोसी गाउँपालिकामा १ सय ९० जनाको स्वाब लिइ पिसिआर टेष्ट गरिएको र जसमध्ये ५० जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले बताए । हामीले कोरोनाको परिक्षण दर पनि बढाएका छौ, उनले भने, गाँउघरमै पुगेर स्वाब संकलन गरि परिक्षण गर्न पठाउने गरेका छौ ।  

सुनकोसी गाउँपालिका वडा नम्बर ७ का स्थानिय चन्द्र स्याङबाका अनुसार वडामा ६ जनालाई कोरोना पोजिटिभ देखिएपछि गाँउगाँउमा कोरोना फैलिएको पुष्टि भएको छ । हाम्रो वडामा ६ जनालाई पोजिटिभ देखियो, उनले भने, सबैले सुरक्षा सर्तकता नअपनाए अवस्था गाँउगाँउमै भयवह हुन सक्ने देखिएको छ ।

प्रकाशित: २८ वैशाख २०७८ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App