४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन्।

महुरे-सिम्पानी सडक: ठेकेदारकै धरौटी रकमबाट मर्मत

दिक्तेल-गाईघाट सडकखण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

पालिकादेखि मुम्रासम्मको सडक सञ्चालनमा

पालिकादेखि मुम्रासम्म जोड्ने सडक खण्ड निर्माण कार्य सम्पन्न भएको छ। सान्नीत्रिवेणी गाउँपालिका— ६ मा पर्ने काब्डी खोलानजिकैको कडा चट्टान फोड्न नसक्दा पालिकादेखि मुम्रासम्म जोड्ने सडक अधुरै रहेको थियो।

चक्रपथको कलङ्की–बसुन्धारा सडक खण्डको फाइनल डिजाइन अन्तिम चरणमा

कलङ्कीदेखि बसुन्धारासम्मको सडक चीन सरकारले निर्माण गर्ने गरी फाइनल डिजाइनको क्रममा छ।

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।

आँबुखैरहनी–दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द

मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ।

‘कहिले पाउने स्वच्छ श्वास फेर्न?’

नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) डा गौरव शाहले धुवाँधुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए।

नारायणगढ-मुग्लिन सडकखण्ड भित्तो काट्ने तयारी

नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।

नारायणगढ-मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुला गरिने

हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ।

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

तानसेन–रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द

मंसिर २२ गते बिहिबार देखि पुष ७ गते सम्म १५ दिनका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जानकारी दिएको छ।

६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन।

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्