coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

वर्षातमा हिलाम्मे कर्णाली राजमार्गमा गन्तव्यतिर जाँदै एक मालबहाक गाडी।

तीन दिनदेखी परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गसहित दैलेख–सुर्खेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। कर्णाली राजमार्ग शुक्रबार साँझदेखी अवरुद्ध भएको हो।

कालिकोटको खाँडाचक्र नगरपालिका–५ मौलाकाटिया, दैलेखको दुल्लुनगरपालिका –३ बोटखाला, चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामघाट र बराहताल गाउँपालिका–७ कल्यानमा पहिरो गएको हो। रुख शनिबार दिउँसोसम्म कर्णाली राजमार्ग बन्द भएको छ।

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो। जेसीवी ल्याएर पहिरो हटाउने प्रयास भएपनि अविरल वर्षाका कारण हटाउने काम प्रभावित बनेको जनाइएको छ।

राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डमा पहिरो हटाउने प्रयास भइरहेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए। राजमार्गमा ठूलो पहिरोले दुई दिनदेखि आधा बाटोमै बास भएको गाडी चालक सन्तोष बुढाले बताए। साँगुरो कर्णाली राजमार्गमा वर्षातमा हिलाम्मे हुँदा समयमा गन्तव्य पुग्न सवारीसाधनलाई हम्मेहम्मे गर्ने गर्दछ। ठाउँ ठाउँमा पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ।

प्रकाशित: १ आश्विन २०७९ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App