११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

आँबुखैरहनी–दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द

मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ।  

मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले जारी गरेको सूचना अनुसार आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको हो।  

सडक विस्तारको काम गर्न फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ।सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App