१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कोरोनाको जेनेटिक गुण र शक्ति त्रिविले अध्ययन गर्ने

विश्व महामारीको रुपमा फैलिइरहको कोभिड–१९ नेपालमा पनि प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यसले भावी दिनमा पुर्‍याउन सक्ने अकल्पनीय मानवीय क्षति तथा सन्त्रासलाई मध्यनजर राखी त्रिभुवन विश्वविद्यालयले आफना अनुसन्धान केन्द्रहरुबाट विज्ञहरुको सहयोगमा कोरोनाको जेनेटिक गुण, शक्ति र प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको छ।

कोरोना उपचारमा खटिँदा स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने घोषणा

स्वास्थ्यकर्मीहरुले उपचारमा खटिँदा आवश्यक पर्ने सुरक्षा सामग्रीको जोहो गर्न माग गरिरहेका बेला प्रदेश १ सरकारले भने त्यसक्रममा कसैले ज्यान गुमाए ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

उदयपुरमा आगलागी हुँदा १५ लाखको क्षति

उदयपुरको एक स्थानीयको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्रियुगा नगरपालिका-२ जोगीदहस्थित हर्कबहादुर विष्टको घरमा सोमबार दिउँसो भएको आगालगीबाट सो बराबरको धनमाल क्षति भएको हो।

चट्याङ लाग्दा घरमा आगलागी, ११ लाखको क्षति

बिहीबार राति विरुवा गाउँपालिका-७ हगतेमा चट्याङ लाग्दा एक घरमा आगलागी भएको छ। बिहीबार राति ८ बजेको समयमा स्थानीय देविमाया गुरुङको १ तले कच्ची घरमा अचानक चट्याङ परी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताए।

आगलागीबाट चार घरमा क्षति

केटाकेटीले आगो खेलाउँदा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले, हात्तीटारमा चारवटा घर जलेका छन्। आगलागीले लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो।

किसानलाई क्षतिपूर्ति र प्रहरीलाई कारबाही माग

किसानले वीरगन्ज भन्सारमा लिलामी गरिएको आलुको क्षतिपूर्ति र सशस्त्र प्रहरी बल, राजस्व सुरक्षा गुल्म १४ पर्सा वीरगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीलाई कारबाही माग गरेका छन्।

आगलागीबाट रौतामाईमा लाखौंको क्षति

उदयपुरमा भएको आगालगीबाट एक स्थानीयको लाखौंको घर र धनमाल नष्ट भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ४ नचनेस्थित जितबहादुर मगरको घरमा दुई दिनअघि अचानक लागेको आगोबाट फुसको छाना भएको दुईतले घर, भान्सा घर र गाई गोठ जलेर नष्ट भएको हो।

क्षतिपूर्ति माग्दै मन्त्रालय पुगे किसान

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका गरिमा धान पीडित किसान क्षतिपूर्ति माग्दै मन्त्रालय पुगेका हुन्।

आन्दोलनको तयारीमा किसान

गरिमा धान नफलेपछि पीडित बनेका किसानले आन्दोलनको तयारी थालेका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्ति नदिएको भन्दै उनीहरु संगठित भएर आन्दोलनको तयारी थालेका हुन्।

सञ्चारमन्त्री भन्छन् : गलत समाचार प्रकाशन भए क्षतिपूर्ति दिनुपर्छ

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताएका छन्।

आगलागीबाट साढे दुई लाख बढीको क्षति

कपिलवस्तु नगरपालिका–९ चम्कीपुरस्थि एक फुसको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा साढे दुई लाख बढीको क्षति भएको छ। स्थनीय दुर्गाबहादुर खत्रीको घर नजिकै रहेको विद्युत ट्रान्सर्फर सर्ट भई स्पार्किङबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको हो।

मुआब्जा दिँदा जलविद्युत अयोजनाकाे लागत बढ्याे : मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा मुआब्जा दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन्।

मानव–जंगली जनावर द्वन्द्व : मानवीय क्षति बढेको बढ्यै

जंगली जनावरको निरन्तरको आक्रमणले पूर्वी सप्तरीका सर्वसाधारण त्रस्त बनेका छन्। जंगली जनावर र मानवबीचको द्वन्द्व व्यवस्थापनको स्थायी उपाय अवलम्बन गर्न ढिलाइ हुँदा मानवीय तथा भौतिक क्षति लगातार बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्