४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लाग्दा घरमा आगलागी, ११ लाखको क्षति

कला राना
स्याङ्जा- बिहीबार राति विरुवा गाउँपालिका-७ हगतेमा चट्याङ लाग्दा एक घरमा आगलागी भएको छ। बिहीबार राति ८ बजेको समयमा स्थानीय देविमाया गुरुङको १ तले कच्ची घरमा अचानक चट्याङ परी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताए।

करिब ढेड घण्टामा स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। शुक्रबार बिहानै प्रहरीको टोलीले घटनास्थलको अनुगमन गरेको छ। आगलागीबाट घर पूर्ण रुपमा जलेको छ भने घरमा भएका अन्नपात, आधा तोला सुन, लत्ताकपडा समेत नष्ट भएको छ। आगलागीबाट १० लाख सत्तरी हजारको क्षति भएको प्रहरी नायव उपरिक्षक भणडरीले बताए। आगलागीबाट मानवीय क्षति नभए पनि यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले गालीगलौज तथा अभद्र व्यवहार गर्नेलाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका-११ करेनडाँडास्थित कृष्णबहादुर श्रेष्ठलाई अपशब्द प्रयोग गरी गालीगलौज तथा अभद्र व्यवहार गरी सार्वजनिक सडकमा ढुंगा राखेर सडक अवरुद्ध पार्न खोज्ने ५ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरीका नुसार पुतलीबजार १३ का साजन सापकोटा, कुशल पराजुली, विबेक माँझी, सन्देश माँझी र पुतलीबजार १३ का सुनिल घले पक्राउ परेका हुन्। उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सविधा र नैतिकताविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ।

 

 

प्रकाशित: ७ चैत्र २०७६ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App