७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आगलागीबाट चार घरमा क्षति

खोटाङ – केटाकेटीले आगो खेलाउँदा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले, हात्तीटारमा चारवटा घर जलेका छन्। आगलागीले लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो। झनबहादुरको अनुमानित ८ लाख, लोकेन्द्रको ५ लाख, जोखेको ५ लाख र सीतादेवीको करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट विस्थापितलाई बुधबार तुवाचुङ नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ। आगलागीपीडितलाई नगरपालिकाकातर्फबाट जनही २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको छ। यस्तै, सल्लेस्थित वडास्तरीय विपद व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्नीपीडितलाई प्रतिपरिवार ३ हजार रुपैयाँका दरले प्रदान गरेका छन्। त्यस्तै, स्थानीय दूधकोसी युवा क्लबले पनि ती परिवारका लागि अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको जनाइएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App