३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

अस्ट्रेलियामा नेपाल महोत्सव

दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजित महोत्सवमा सहभागी अस्ट्रेलियन नागरिक अमेलिया जोन्स नेपाली खाना मःम खान मेलामा आएको बताइन्। उनले बिस्तारै नेपालबारे बुझ्न थालेको तर विगतमा नेपाल भनेको भारतको एउटा सहर भन्ने बुझाइ रहेको बताउँदै आगामी केही वर्षभित्र काठमाडौं जाने इच्छा पोखिन्।

अस्ट्रेलिया १० विकेटले विजयी

मिचेल स्टार्कले ५३ रन खर्चिएर ५ विकेट लिँदा मिचेल मार्सले ६६ रनको अविजित पारी खेलेपछि आइतबार भ्रमणकारी टोली अस्ट्रेलियाले भारतविरुद्ध १० विकेटको फराकिलो जित निकालेको छ।

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो।

श्रीलंकाको पराजयले बाहिरियो अस्ट्रेलिया

बेन स्टोक्सको अविजित ४२ रनको मद्दतमा इङ्ल्यान्ड शनिबार श्रीलंकालाई चार विकेटले स्तब्ध बनाउँदै आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

साविक विजेता अस्ट्रेलिया न्युजिल्यान्डसँग स्तब्ध

आयोजक एवम् साविक विजेता अस्ट्रेलियामाथि भ्रमणकारी टोली न्युजिल्यान्डले शनिबार ८९ रनको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको सुपर १२ मा सुखद सुरुआत गरेको छ।

अस्ट्रेलिया इङ्ल्यान्डसँग स्तब्ध

ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा इङ्ल्यान्डले आइतबार अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा पहिलो ट्वान्टी–२० खेलमा स्तब्ध बनाएको छ।

सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो

८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।

‘ठूलो योगफल भेट्टाउने विश्वास थियो’

कुशल मेन्डिसको उत्कृष्ट सुरुआत र भानुका राजपक्षको आक्रामक ब्याटिङमा श्रीलंकाले एसिया कपको सुपर चारमा शनिबार अफगानिस्तामाथि चार विकेटको रोमाञ्चक जित निकालेको छ।

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

फेरि प्रभात जयसूर्याको पाँच विकेट

प्रभात जयसूर्याले पाँच विकेट लिएपछि श्रीलंकाले पहिलो टेस्टमा पाकिस्तानलाई दबाबमा राखेको छ। दोस्रो दिन भ्रमणकारी टोली पाकिस्तानको इनिङ २ सय १८ रनमा सीमित भयो।

अस्ट्रेलियाविरुद्ध श्रीलंकाको अग्रता

पूर्वकप्तान दिनेश चान्डिमलको सतकप्रेरित श्रीलंकाले आइतबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ६७ रनको अग्रता लिएको छ।

नेपालीको रोजाइमा अस्ट्रेलिया किन?

जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन्।

अस्ट्रेलिया सरकारले भन्योः नेपाल घुम्न सहज छ, मुख्य अवरोध हटिसके

कोरोना भाइरस संक्रमण केही कमजोर हुँदै गएपछि विभिन्न मुलुकले आफ्ना नागरिकको घुमघाममा सहजता दिलाउन थालेका छन्। पछिल्लो समय अस्ट्रेलियाले नेपालमा कोरोना संक्रमणको डरलाग्दो अवस्था नरहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न सक्ने भन्दै ट्राभल एडभाइजरी जारी गरेको छ।

श्रीलंकालाई अस्ट्रेलियाविरुद्धको शृंखला

श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय एकदिवसीय शृंखलाको उपाधि उचाल्न सफल भएको हो।

अस्ट्रेलिया विश्वकप छनोट नजिक

अस्ट्रेलियाले कतार विश्वकपमा स्थान बनाउन अब सोमबार इन्टरकन्टिनेन्टल प्लेअफमा पेरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्