coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियाविरुद्ध श्रीलंकाको अग्रता

पूर्व कप्तान दिनेश चान्डिमलको सतकप्रेरित श्रीलंकाले आइतबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ६७ रनको अग्रता लिएको छ।

तेस्रो दिनको खेल समाप्तीमा घरेलु टोली श्रीलंका ४३१/६ मा खेलिरहेको छ। चान्डिमल अविजित एक सय १८ रनमा खेलिरहेका छन् भने रमेश मेन्डिस ५ रनमा क्रिजमा छन्। चान्डिमलले २ सय ३२ बलमा ९ चौका र एक छक्का प्रहार गरे। चन्डिमलले यसै खेल मार्फत टेस्ट क्रिकेटमा डेब्यु गरेका कामिन्डु मेन्डिससँग पाँचौं विकेटका लागि एक सय १३ रनको साझेदारी गरे। त्यससँगै श्रीलंकाले पहिलो इनिङमा अस्ट्रेलियालाई पछि पार्‍यो।

अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय ६४ रनको योगफल तयार पारेको थियो। मेन्डिसले एक सय ३७ बलमा सात चौका मद्दतमा ६१ रनको योगदान दिए। तर,चान्डिमलले ३० रनमा र हँदा जीवनदान पाएका थिए। अस्ट्रेलियाले तीनै पटक रिभ्यु खेर फालेको थियो। 

अस्ट्रेलियाका स्पिनर नाथन लियोन, मिचेल स्टार्क र मिचेल स्विपसनले समान दुई विकेट लिए। चान्डिमलको यो १३औं टेस्ट सतक हो। अस्ट्रेलियाविरुद्धको भने चान्डिमलको यो दोस्रो सतक हो। श्रीलंकाले १८४/२ बाट तेस्रो दिनको खेल सुरु गरेको थियो।

कुशल मेन्डिस अविजित ८४ र एन्जेलो म्याथ्युज अविजित ६ रनमा खेलिरहेका थिए। तेस्रो दिन मेन्डिसले थप १ रन मात्र जोड्न सके। लियोनको बलमा एलबिडब्लुको शिकार हुनुअघि उनले एक सय ६१ बलमा ९ चौका प्रहार गरे। म्याथ्युजले भने स्टार्कको बलमा मार्कुस लाबुसेनबाट क्याच हुनुअघि एक सय १७ बलमा चार चौका मद्दतमा ५२ रनको योगदान गरे।

म्याथ्युज र चान्डिमलले चौथो विकेटका लागि ८३ र नको साझेदारी गरेका थिए। म्याथ्युज कोभिड–१९ संक्रमणबाट मुक्त हुँदै टोलीमा फर्किएका हुन्।

मेन्डिस र प्रभात जयसुर्याले यसै खेलमार्फत श्रीलंकाको टेस्ट टोलीबाट डेब्यु गरेका छन्। अस्ट्रेलियाको पहिलो इनिङ तीन सय ६४ रनमा सीमित पार्ने क्रममा जयसुर्याले ६ विकेट लिए। राजनीतिक गतिरोध र चरम आर्थिक संकटका बीच पनि तेस्रो दिनको खेल हेर्न पनि धेरै दर्शक स्टेडियममा पुगेका थिए। दुई टेस्टको शृंखलामा भ्रमणकारी टोली अस्ट्रेलिया १-० ले अघि छ। गत साता सम्पन्न पहिलो टेस्ट अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो। सो खेल अस्ट्रेलियाले तीन दिनभित्रै आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित: २७ असार २०७९ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App