coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फेरि प्रभात जयसूर्याको पाँच विकेट

प्रभात जयसूर्याले पाँच विकेट लिएपछि श्रीलंकाले पहिलो टेस्टमा पाकिस्तानलाई दबाबमा राखेको छ।  दोस्रो दिन भ्रमणकारी टोली पाकिस्तानको इनिङ २ सय १८ रनमा सीमित भयो।

दोस्रो दिनको खेल समाप्तिमा श्रीलंका ३१–१ मा खेलिरहेको छ। ओपनर ओसाडा फर्नान्डो अविजित १७ र कुसन राजिना अविजित ३ रनमा खेलिरहेका छन्। ओपनर तथ कप्तान दिमुथ करुणारत्ने १६ रनमा मोहम्मद नवाजबाट एलबिडब्लुको सिकारमा परे। करुणारत्नेले २९ बलमा २ चोका प्रहार गरे। फर्नान्डोले भने ३५ बलमा ३ चौका प्रहार गरे।

पहिलो दिन श्रीलंकाले पहिलो इनिङमा २ सय २२ रनको योगफल तयार पारेको थियो। श्रीलंकाले पहिलो इनिङमा ४ रनको अग्रता लिएको थियो। समग्रमा भने श्रीलंकाले ४० रनको अग्रता लिएको छ। यसअघि २४-२ बाट दोस्रो दिनको खेल सुरु गरेको भ्रमणकारी टोली पाकिस्तानका कप्तान बाबर आजमले शतकसहित इनिङ उकास्ने प्रयास गरे पनि अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न नसक्दा पहिलो इनिङमा श्रीलंकाभन्दा ४ रनले पछि परेको थियो।

२४ रनमै पाकिस्तानले तेस्रो विकेटका रूपमा अजर अलीलाई समेत गुमायो। अलीले मात्र तीन रन जोडे। उनलाई जयसूर्याले एलबिडब्लुको सिकार बनाएका थिए। आजमले चौथो विकेटका लागि विकेटकिपर ब्याटर मोहम्मद रिजवानसँग ४० रनको साझेदारी सहित पाकिस्तानको इनिङ उकास्ने प्रयास गरेका थिए।

३५ बलमा ३ चौकासहित १९ रन जोडेका रिजवान मेन्डिसको बलमा डिकवालाबाट क्याच भएका थिए। त्यसपछि भने पाकिस्तानले निरन्तर विकेट गुमाइरह्यो। १४८-९ को स्थितिमा रहेको पाकिस्तानको इनिङ अन्तिम विकेटका लागि आजम र नसिम शाहले ७० रनको साझेदारी गर्दै उकासेका थिए।

आमजले २ सय ४४ बलमा ११ चोैका र २ छक्काको मद्दतमा १ सय १९ रन जोडे। नसिम ५ रनमा अविजित रहे। आजमको यो सातौं टेस्ट शतक हो।

श्रीलंकाका जयसूर्याले ३९ ओभरमा ८२ रन खर्चंदै ५ विकेट लिए। उनले टेस्ट क्रिकेटमा ५ विकेट लिएको यो लगातार तेस्रो इनिङ हो। उनले अस्ट्रेलियाविरुद्धको दुई टेस्टको शृंखलासँगै टेस्टमा डेब्यु गरेका थिए। उनले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो र दोस्रो इनिङमा समान ६ गरी कुल १२ विकेट लिएका थिए। पहिलो टेस्ट १० विकेटले गुमाएको श्रीलंकाले दोस्रो खेलमा १ इनिङ र ३९ रनको जितसहित अस्ट्रेलियाविरुद्धको शृंखला १–१ को बराबरीमा टुंग्याएको थियो।

त्यस्तै रमेश मेन्डिस, माहिस थाकसानलले समान २ तथा राजिथाले १ विकेट लिए ।

प्रकाशित: २ श्रावण २०७९ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App