१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो। 

प्रतियोगिताकै दाबेदार अर्जेन्टिनाविरुद्ध गरेको जुझारु प्रदर्शन पनि अस्ट्रेलियाका लागि सबैभन्दा ठूलो उपलब्धि हो । अस्ट्रेलियाका अट्याकिङ मिडफिल्डर राइले म्याक्ग्री, जो इङ्ल्यान्डको दोस्रो श्रेणीको क्लब मिडल्सब्रोबाट व्यावसायिक फुटबल खेल्छन्, उनका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न पाउनु नै विशेष क्षण भयो।

‘हामी अघिल्लो चरणमा प्रवेश गर्न सकेनांै,’ उनले भने, ‘तर हामीले यहाँ गरेको प्रदर्शनबाट निराश हुनुपर्ने केही छैन। हामीले गर्विलो प्रदर्शन गरेका छांै। आज हामीले गरेको प्रदर्शनले अस्ट्रेलियाको आउँदो पिँढीलाई प्रोत्साहन गर्नेछ। हामीले यहाँबाट बाहिरियौ भन्दै हिम्मत हा¥यौं भने त्यसले अस्ट्रेलियाको फुटबल विकासमा गहिरो संकट ल्याउनेछ। हामीले यहाँबाट सकारात्मक पक्ष मात्र लैजानुपर्छ।’

ग्राहम अर्नोल्डको टोली यसअघि सन् २००६ मा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको थियो। ह्यारी किवेल र मार्क भिडुका सम्मिलित सो टोलीलाई अस्ट्रेलियाको फुटबलको सुनौलो पुस्ताका रूपमा लिइएको थियो। पहिलो खेलमा अस्ट्रेलियाले साबिक विजेता फ्रान्सलाई ४–१ को नतिजा सुम्पिएको थियो। दोस्रो खेलमा ट्युनिसया र तेस्रो खेलमा डेनमार्कविरुद्ध समान १–० को जितसहित अस्ट्रेलिया समूहचरणबाट माथि उठेको थियो। अस्ट्रेलियाले विश्वकपमा लगातार दोस्रो खेल जितेको यो पहिलो पटक थियो।

पहिलो हाफमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीको गोलमा अस्ट्रेलिया पछि परेको थियो। दोस्रो हाफमा अस्ट्रेलियाका गोलकिपर म्याथ्यु रायनले गरेको गम्भीर गल्तीमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो। अर्जेन्टिनाका इन्जो फर्नान्डेजको आत्मघाती गोलमा खेलमा फर्कने संकेत गरे पनि त्यो अस्ट्रेलियाको क्वार्टरफाइनलको लक्ष्यका लागि पर्याप्त भएन।

त्यस्तै क्रायग गुडविनले पनि आफुहरूले अर्जेन्टिनासँग सहजै हार स्वीकार नगरेको पनि बताए। ‘पक्कै पनि अन्तिम १६ बाट बाहिरिँदा निराश छौं, तर अर्जेन्टिनालाई जुन प्रकारको चुनौती दियाैँ, त्यसमा हामीलाई गर्व छ,’ गुडविनले भने, ‘हामीलाई थाहा छ, हामीले अहिले गरेको प्रदर्शन अगामी पिँढीका लागि प्रेरणाको स्रोत बन्नेछ, जुन अस्ट्रेलियामा समग्र फुटबल विकासका लागि कोसेढुङ्गा साबित हुन सक्छ।’

प्रकाशित: १९ मंसिर २०७९ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App