१ जेष्ठ २०७८ शनिबार

अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ। कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ।

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

लियोनल मेसीले अन्तिम समयमा पेनाल्टी अवसर सदुपयोग गरेपछि अर्जेन्टिनाले सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा बराबरी गर्न सफल भएको छ।

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ। मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो।

जाबलेटा यस वर्ष मात्रै इपिएलमा

अर्जेन्टिनाका भेट्रान फुटबलर पाब्लो जाबालेटाले आगामी सिजन इङ्लिस प्रिमियर लिगका लागि आफ्नो अन्तिम सिजन हुने बताएका छन्।

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले निराश भएको थियो। यससँगै अर्जेन्टिनाको लामो समयदेखिको उपाधि खडेरीमा पूर्णविराम लगाउने मेसीको लक्ष्यले यस संस्करणमा पनि पूर्णता पाउन सकेन। ३२ वर्षे मेसीले सन् २०१६ मा को कोपा अमेरिका फाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिट मार्ने घोषणा गरे पनि केही समयपछि नै संन्यास फिर्ताको घोषणा गरेका थिए।

ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनल

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलको सामना गर्दा दुवै टोली समान हैसियतमा मैदान उत्रने बताएका छन्।

अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ।

अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

रोजर मार्टिनेज र डुवान जापाटाको गोलपे्ररित कोलम्बियाले आइतबार कोपा अमेरिकामा अर्जेन्टिनालाई २–० ले हराएको छ। समूह ‘बी’ अन्तर्गत कोलम्बियालाई नतिजा सुम्पिएसँगै लामो समयपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि जिताउने लियोनल मेसीको लक्ष्य पहिलो खेलमै धरमराएको छ।

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ। उनीहरूलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

मेस्सीकाे कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।

सुखद बनेन मेसीको पुनरागमन

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

फुटबलका बादशाह 'मेस्सी'

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे।

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। ब्राजिलले उरुग्वे र अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरे।

मैत्रीपूर्ण फुटबलः स्पेन र अर्जेन्टिना विजयी, फ्रान्स बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबल खेलमा स्पेनले वेल्सलाई ४–१ ले पराजित गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्पेनको जितमा खेलको ८ र २९ औं मिनेटमा पाको अल्कासेर, १९ औं मिनेटमा सर्जियो रामोस र ७४ औं मिनेटमा मार्स बार्ताले गोल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्