८ वैशाख २०८१ शनिबार

कतार विश्वकपमा देखिएका अप्रत्याशित नतिजा

मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र नै बन्यो। यद्यपि, त्यसअघि समूहचरणमा नै अप्रत्याशित नतिजा पनि निक्लिए।

अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन

लुसेल स्टेडियममा अर्जेन्टिनाले पटकपटक लिएको अग्रताका बाबजुद स्ट्राइकर किलियन एमबाप्पेले ह्याट्रिकसहित फ्रान्सको उपाधि रक्षाको सपनालाई पेनाल्टी सुटआउटसम्म पुर्‍याउँदै जीवित राखेका थिए।

ब्राजिली समर्थक पनि परम्परागत प्रतिस्पर्धी अर्जेन्टिनाको समर्थनमा

ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। यस क्रममा २००६, २०१० र २०१८ मा पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ब्राजिल २०१४ मा भने घरेलु मैदानमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो।

सुखद नतिजाको खोजीमा क्रोएसिया र मोरक्को

प्लेअफ खेल्न लागेको टोली क्रोएसियाका फरवार्ड आन्द्रेज क्रामारिचले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको प्लेअफ खेल अर्थहीन तरिकाले हेर्ने गरेको भन्ने भनाइलाई अस्वीकार गरे।

विश्वकपमा महिला रेफ्रीलाई अवसर दिन माग

जापानकी योसुमी यामासितासहित तीन महिला रेफ्री कतार विश्वकपका लागि छनोट भएका ३६ रेफ्रीभित्र पर्न सफल भएका थिए। यामासिताले कुनै खेल खेलाउने अवसर त पाइनन् तर उनले समूहचरणको ६ खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरिन्।

उपाधि रक्षाबाट दुई कदम टाढा

ओलिभर जिरौडले विश्वकप फुटबलमा शनिबार इङ्ल्यान्डविरुद्ध विजयी गोल गरेपछि फ्रान्स कतारमा जारी प्रतियोगिताको उपाधि रक्षा गर्न मात्र दुई खेल टाढा छ।

बलियो स्पेनलाई मोरक्कोको चुनौती

समूह ‘ई’ बाट जर्मनी दोस्रो चरणमा प्रवेशमा असफल रहँदा स्पेनले भने समूहविजेता बन्दै मंगलबार मोरक्कोसँग अन्तिम १६ को भेट पक्का गरेको हो।

कमजोर रक्षापंक्तिले हार: सेसे

अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगलको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भएको हो। इङ्ल्यान्डको सहज जितमा कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन र बुकायो साकाले समान एक गोल गरेका थिए।

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो।

सेनेगल र मोरक्कोमाथि अफ्रिकी आशा

अर्को टोली सेनेगलले नेदरल्यान्ड्सविरुद्ध हारको बाबजुद आयोजक कतार र इक्वेडरलाई स्तब्ध बनाएको थियो। यसै विश्वकपमा पहिलोपटक अफ्रिकी राष्ट्र क्यामरुनले पनि पाँच पटकको महारथी ब्राजिललाई पनि स्तब्ध बनायो।

घानाको लक्ष्य बदलाभन्दा नकआउट चरण

क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए।

मोरक्को समूह विजेता, बेल्जियम बाहिरियो

रूस विश्वकपको उपविजेता क्रोएसिया र तेस्रो स्थानको बेल्जियमका साथै क्यानडाको समूहमा रहेको मोरक्कोले समूहमा सबैलाई आश्चर्यमा पार्दै समूहविजेता बन्यो।

बेल्जियमलाई समूह चरणमै खुम्चने भय

बेल्जियमले विश्वकपअन्तर्गत नकआउट चरणको यात्रामा लय गुमाए पनि इडेन हाजार्डले आफ्नो टोली क्रोएसियाविरुद्ध जित निकाल्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्