७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमार्फत आएका एक भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट पाँच किलो गाँजासहित पक्राउ गरिएको हो। 

त्यसैगरी काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक जना, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना र पोखरा महानगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको छ। 

बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो।   

प्रकाशित: ६ चैत्र २०८२ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App