फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद सचिवालयले सार्वजनिक सूचना निकालेको छ। निर्वाचित सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।
शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रहेका छन्।
शपथको लागी सांसदहरुले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसको लागी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची ३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित: ६ चैत्र २०८२ ०७:४४ शुक्रबार





