जनमत पार्टीले विभिन्न १० बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता दिनुपर्नेसहितका माग अघि सारेर विरोध गरेको हो।
१० बुँदे मागमा नेपाल प्रहरी, प्रमुख जिल्ला अधिकारी (सिडिओ), कर्मचारी र स्थानीय तहलाई पूर्ण रूपमा प्रदेश मातहत ल्याइनुपर्ने, नेपाली सेनामा मधेसी-थारु समुदायको सामूहिक भर्ना सुनिश्चित गरिनुपर्ने तथा कुल जनसङ्ख्याको ५४ प्रतिशत हिस्सा ओगट्ने तराई-मधेस क्षेत्रका लागि बजेटमा सोही अनुपातमा (५४ प्रतिशत) हिस्सा छुट्याइनुपर्ने माग गरिएको छ।
त्यस्तै, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रहरू कायम गरिनुपर्ने। चुनावमा वाचा गरिएको १२ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पूरा गर्नुपर्ने, वैदेशिक रोजगारीका समस्याहरू समाधान गरिनुपर्ने र किसानहरूलाई समयमै रासायनिक मलखाद तथा सहज ऋण उपलब्ध गराउनुपर्ने र चुरे क्षेत्रमा भइरहेको दोहन र अतिक्रमण तत्काल रोक्नुपर्ने माग पनि राखिएको छ।








प्रकाशित: २५ जेष्ठ २०८३ ११:५९ सोमबार





