बझाङको केदारस्युँ गाउँपालिका-९, सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ।
स्थानीय रत्ना बिष्ट आज दिउँसो करिब १२:५० बजे बाटोमा हिँड्ने क्रममा बाटोबाट करिब ५ मिटर तल भिरमा खसेकी थिइन्। भिरमा खसेपछि उनी रुखको जरामा अड्किएकी थिइन्।
घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट झोताबाट ४ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो करिब १:२० बजे उनको सकुशल उद्धार गरिएको हो।
उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०८३ २२:११ मंगलबार





