९ आश्विन २०८१ बुधबार
image/svg+xml

लोकप्रिय बन्ने लोभ

दुई दशकपछि भएको स्थानीय निर्वाचनबाट चुनिएका अधिकांश नगर प्रमुखले पदबहाली लगत्तै मतदाताको ध्यान खिच्ने निर्णय गरेका छन् ।

कसैको प्रलोभनमा नपरी मतदान गर्नुहोस्: यादव

दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आग्रह गरेका छन्।

लोभलाग्दो पूर्वाधार

स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया–बुटवल सडकलाई ६ लेन बनाउन चालु आर्थिक वर्षमा ७२ करोड रूपैयाँ विनियोजन भयो । २४ किलोमिटर रहेको सडकमा फागुन मसान्तसम्म विनियोजन भएको सबै रकम सकिएको छ ।

बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ ।

नाफाको लोभमा जोखिम बढाउने खेल

थोरै नाफाको लोभमा व्यापारीले भारतीय बजारबाट अवैध रुपमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात नरोक्दा बर्डफ्लु लगायतका संक्रामक रोगको जोखिम पूर्वमा उच्च बनेको छ। पंक्षी तथा पशुस्वास्थ्यका विज्ञहरुका अनुसार पूर्वका नाकाहरुबाट भइरहेको अवैध आयातले जुनसुकै बेला भयावह अवस्था निम्त्याउने खतरा छ।

लगानी भित्र्याउने लोभ

जहिले जहिले हाम्रो सरकारले विदेशीलाई लगानी निम्ति आमन्त्रण गर्छ तहिलेतहिले त्यसका निम्ति अत्यावश्यक वातावरण निर्माणको प्रश्न पनि उठ्ने गर्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन समारोहलाई आइतबार संवोधन गर्ने क्रममा लगानीको निम्तो दिएसँगै फेरि यो प्रश्न उजागर भएको छ।

युरोप-अमेरिका प्रलोभनमा करोडौं ठगी

पर्वत, कुश्मा–८ का शेरबहादुर परियारलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै। वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने उद्देश्य लिएका परियारले उल्टै विदेश मोहमा लाखौं रकम गुमाएपछि निद हराम भएको हो।

‘लोभीपापी नेतालाई सामाजिक बहिस्कार नगरे देश उँभो लाग्दैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोभीपापी नेतालाई सामाजिक बहिस्कार गर्ने संस्काबरको विकास गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले शनिबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरेको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले लोभीपापी नेता भएको देश कहिल्यै उँभो नलाग्ने भएकाले उनीहरुलाई सामाजिक बहिस्कार गर्ने संस्कारको बिकास गर्नुपर्नेमा जोड दिएका हुन्।

लोभ्यायो तामाङ परिकारले

‘फापरको बाबर भनिने रोटी साँदेको गुन्द्रुकसँग खान असाध्यै मीठो लाग्यो,’ काठमाडौं बस्ने अनिशा चौधरीले भनिन् । उनलाई तामाङ परिकारको स्वादले निकै लोभ्यायो । उनी नुवाकोटकी तामाङ साथीसँग तामाङको मौलिक पहिरनमा टुँडिखेलको ल्होसार जमघटमा आएकी थिइन् ।

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

डडेल्धुराको पोखरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसले अनुमतिबिना धमाधम विद्यार्थी भर्ना गरेपछि १ सय ६० जना विद्यार्थीको भबिष्य अन्यौलमा परेको छ।

रामदेवले भने: जनकपुरले लोभ्यायो

योगगुरु रामदेवले जनकपुरले आफूलाई साँच्चिकै लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रको रुपमा विकास गर्न सरोकारवालाई आग्रह गरेका छन्।

माछापुच्छ्रे देखेर लोभिए भारतीय राष्ट्रपति

गत चैतमा पोखरामा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सहभागि हुन आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज त्यो बेला पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी भएकी थिइन्। स्वराज सहितका पाहुना टोलीले त्यो बेला पोखराको सौन्दर्यको मन खोलेर प्रशंसा गरेका थिए।

मन लोभ्याउने पाँचथर पौवाभञ्ज्याङका दृश्य

समुद्र सतह देखि ८ हजार २ सय फिट उचाइमा रहेको पौवाभञ्याङबाट बिहानी समयमा चादीँझै टल्किएको हिमाल छर्लङ देखिन्थ्यो। कुम्र्भकर्ण, कञ्चजंघा हिमाल एकातर्फ खुलेका थिए भने अर्कोतर्फ मकालु, सगरमाथा लगायतका हिमाल देखिन्थे। मेची राजमार्गमा यात्रा गर्ने कोहि गाडी रोकेर, कोहि गाडीको झ्यालबाट हिमाल च्याउँदै हिडेको देखिन्थ्यो।

फाइदाको लोभमा चामलको सट्टा मदिरा भित्र्याउँदै व्यापारी, खाद्यान्न अभाव

काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।

बढुवा लोभमा अनधिकृत विद्यावारिधि

काठमाडौं-त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले त्रिवि सेवा आयोग बढुवा हुँदा अंक पाउने लालचमा विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई अनधिकृत रुपमा विद्यावारिधि उपाधि दिलाइरहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्