१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।

गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान

प्रदेश खेलकुद परिषद गण्डकीले ‘एक पालिका एक खेलमैदान’ निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद रहेको परिषदले जनाएको छ।

पुरिएको ल्याण्डफिल साईटमा खेलमैदान बनाउन प्रस्ताव

त्रिभुवन विश्वविद्यालयको मैदान नै एकमात्र नेपालको अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो। पोखराका क्रिकेटप्रेमीले पोखरा रंगशालास्थित ‘होम अफ क्रिकेट ग्राउण्ड’ मा पनि खेलाउनुपर्ने आवाज उठाउन थालेका छन्। पोखरामा भएको क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ। अन्तर्राष्ट्रियस्तरको मैदानसँगै प्रशिक्षणको लागि बैकिल्पक मैदानको आवश्यक छ। वैकल्पिक मैदानको लागि पोखरा–३३ पशुपतिघाट खेल मैदान र पोखरा–१४ स्थित बाच्छेबुडुवास्थित तत्कालिन ल्याण्डफिल साईटलाई उपयुक्त ठानिएको छ।

अन्तरपालिका भलिबलः सिगास फाइनलमा

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो। दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो। तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

पावरहाउसमा जिल्लास्तरीय रंगशालाको योजना

केही दिनपछि पावरहाउसकै निर्माणाधिन खेलमैदानसम्म सडह पहुँच पु¥याईने लक्ष्यसहित काम धमाधम गरिएको छ ।

डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण सुरु

डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण सुरु भएको छ।

एक स्थानीय तह एक खेलमैदान

कास्कीका तीन गाउँपालिका खेलमैदान पूर्वाधार निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारीमा छन्। युवा तथा खेलकुद मन्त्रालयले एक स्थानीय तह एक खेलमैदान निर्माणको योजनालाई मूर्त रूप दिने उद्देश्यसहित गत साता मात्रै प्रस्ताव माग गरेको थियो।

चेन्जिङ रुम निर्माणमा प्राविधिक त्रुटि

खेलक्षेत्रकै प्राविधिकले नहेर्दा कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन माछापुच्छ्रे खेलमैदानको लागत बढ्ने भएको छ।

खेलमैदानको डिपिआर तयार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधिन खेलमैदानको डिपिआर तयार पारिएको छ । १२० मिटर लम्बाई र ८० मिटर चौडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर झण्डै वर्ष दिन लगाएर तयार पारिएको हो ।

सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सरसफाइ

सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाइ गरिएको छ। कात्तिक १७ देखि २३ गतेसम्म हुन गइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका लागि सो मैदानको सरसफाइ गरिएको हो।

खेलमैदान बनाउन प्रदेश सरकारसमक्ष माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि प्रदेश सरकारसमक्ष माग गरेका छन् । प्रदेशसभा सांसद रामकुमार राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अगुवाइमा गएको टोलीले बिहीबार मुख्यमन्त्री शेरधन राईलाई भेटेर लफ्याङको छिवामा निर्माणाधीन खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि सहयोगको माग राखेका हुन् । अघिल्लो दिन सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष सहयोगको प्रस्ताव पेश गरेको टोलीले दोस्रो दिन मुख्यमन्त्रीसमक्ष सहयोगको याचना गरेका हुन् ।

विद्यु्त पोल विस्थापित गरी खेलमैदान निर्माण

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्