coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सरसफाइ

भक्तपुर – सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाइ गरिएको छ। कात्तिक १७ देखि २३ गतेसम्म हुन गइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका लागि सो मैदानको सरसफाइ गरिएको हो। सरसफाइमा विभिन्न स्कुलका विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले आयोजना गर्न गइरहेको खेलकुदलाई महोत्सवको रूपमा मनाइने बताइन्।

सरसफाइ, अनुसन्धान, सम्पदा संरक्षण लगायत कार्यमा नयाँ पुस्तालाई सहभागी गराउन सरसफाइ कार्यक्रममा विद्यार्थीलाई सहभागी गराइएको उनको भनाइ छ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नियमित सरसफाइ कार्यक्रमलाई जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी र संघसंस्थाहरूले साझा दायित्वका रूपमा लिनुपर्ने बताए। वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा १ कै पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले पनि सरसफाइको महत्वबारे चर्चा गरे।

प्रकाशित: १६ कार्तिक २०७६ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App