२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पावरहाउसमा जिल्लास्तरीय रंगशालाको योजना

‘पावरहाउस फुस्रेखोला जिल्लास्तरीय रंगशाला मैदान’ निर्माणको शुभारम्भ गर्ने क्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी । तस्बिरः नागरिक

बिरौटास्थित पावरहाउस (फेवा जलविद्युत आयोजना) नजिकै खेल मैदान छ । तर, मैदान पुग्ने बाटो छैन् । मैदानसम्म बाटो पु¥याउने लक्ष्य पोखरा महानगरपालिकाले लिएको छ ।  

महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेल मैदान निर्माणको लागि बाटोको शिलान्यास गरे । शिलान्याससँगै बाटो निर्माण अघि बढाइएको छ । केही दिनपछि पावरहाउसकै निर्माणाधिन खेलमैदानसम्म सडह पहुँच पु¥याईने लक्ष्यसहित काम धमाधम गरिएको छ ।  

पोखरा–१७ आफैंमा खेल क्षेत्रमा अग्रणी छ । त्यसैले पनि खेल मैदानको जिम्मेवारी पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले लिएको छ । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत भईसकेका पूर्व राष्ट्रिय खेलाडी दिपकबहादुर गोदारकै अध्यक्षतामा बनेको निर्माण समितिले काम शुरु गरेको हो । 

बक्सिङका अन्तर्राष्ट्रिय पूर्व खेलाडी गणेशबहादुर भट्टराई, फुटबलका राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ प्याराग्लाइडिङका एशियन पदकधारी विमल अधिकारी, फुटबलका अन्तर्राष्ट्रिय खेलाडीद्वय बसन्त गौचन तथा विशन गौचन त्यही क्षेत्रका स्थायी बासिन्दा हुन्  । 

 महानगरले नेतृत्व र अपनत्व लिने गरी काम शुरु गरिएको छ । महानगरपालिकाका मेयर जिसीले पूर्वाधार तयार गर्न लगानी गर्ने तर बनिसके पछि कसले जिम्मेवारी लिने भन्ने परिपाटीले नै समस्या सिर्जना हुने गरेको बताए । ‘जसले अपनत्व र नेतृत्वको जिम्मेवारी लिन्छ उसैले लगानी गर्नुपर्छ,’ मेयर जिसीको भनाई थियो । ‘पावरहाउस फुस्रेखोला जिल्लस्तरीय रंगशाला मैदान’ नाम दिइएको छ । योजना ९ करोड रुपैयाँको हो । तर बाटो बनाउने काम शुरु गरिएको छ । ‘रंगशालासम्म पुग्ने बाटो बन्छ, महानगरले मोटरबाटो सम्पन्न गर्छ ’ मेयर जिसीको भनाई थियो । उनका अनुसार ‘एक वडा एक खेलमैदान’को अभियानलाई साकार पार्न पनि योजनालाई सफल बनाउने सुनाए ।  

मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने,‘मैदान निर्माण गर्न महानगरको चासोलाई हामीले साथ र सहयोग गर्दै आएका छौं ।’ महानगरपालिकाले आवश्यक बजेट छुट्टाएको अवस्थामा बाटोको काम टुग्याउँदै प्राविधिक लगेर खेल मैदानमा बनाउन सकिने पूर्वाधारको विषयमा विस्तृत परियोजना बनाउने उनको भनाई थियो ।  

पोखरा–१७ काउसेघारीबाट ओरालो झार्दै मैदानसम्म सडक पु¥याउने काम भईरहेको छ । ५० मिटर बाटो बनाईसकिएको छ । अझै दुईसयमिटर भन्दा बढी दुरीको बाटो बनाउनुपर्ने खाँचो छ । पोखरा महानगरपालिका १७ ले सडकका लागि १३ लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाईएको बजेटबाटै बाटोको काम शुरु गरिएको उनले सुनाए । ‘खेल मैदान निर्माणपछि स्वास्थ्यका लागि खेलकुदको नाराले सार्थकता पाउँछ’ गोदारले भने,‘विशेष गरी खेलाडीलाई पावर टे«निङ गर्न उपयुक्त हुन्छ ।’

पावर हाउस झण्डै २ सय मिटर गहिराईमा छ । फुस्रे खोला किनारमा छ । खोला किनारमै मैदान छ । त्यहाँ रंगशालाको लागि पर्ती जग्गा छ । पर्ती जग्गाभित्र समथरदेखि उबडखाबड जमिन समेत छ । त्यसलाई सम्याएर पूर्वाधारहरु तयार गरिनेछ । निर्माण उपभोक्ता समितिले ‘स्पोर्टस गार्डेन’ बनाउने लक्ष्य लिएको छ । शिलान्यास समारोहमा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी लगायत विभिन्न राजनीतिक व्यक्तित्व एवं समाजसेवीको उपस्थिति रहेको थियो । 

प्रकाशित: ९ पुस २०७७ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App