१५ वैशाख २०८१ शनिबार
image/svg+xml

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए।

भारत भ्रमणमा सीमानाका विवाद समाधानबारे छलफल गर्छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपायबारे छलफल गर्ने बताएका छन्।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

सीमानाका तीन दिन बन्द

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।

भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष

भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय रुटमा यातायात व्यवसायीको लुट

गोठलापानी बजारबाट नेपाल–भारत सीमानाका झुलाघाटको दूरी १९ किलोमिटर छ। यो सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन्। पक्की सडकको भाडा भने २५० रुपैयाँ छ। पहिला नै बार्गेनिङ गरेर यति दिए मात्रै जान्छौँ नत्र जाँदैनौं भनेर जीप व्यवसायीहरुले भन्ने गरेको यात्रुहरुको गुनासो छ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी ७२ घन्टा सीमानाका बन्द हुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ। कपिलववस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थ नगर बलरामपुर जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको भैरहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो।

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ।

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिनापछि सञ्चालनमा आएको हो। नाका सञ्चालनमा आएपछि सीमावर्ती स्थानीयवासीलाई सहज भएको छ।

सर्लाहीका आठवटै सीमानाका खुला

कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए।

सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ।

सवारी साधनका लागि सीमानाका खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने गरी साबिक रुपमा सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका छन्।

भारतबाट नेपाल आउन सीमानाकामा कडाइ

पछिल्लोसमय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन्। सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन्। जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् ।

सीमाबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन

भारतको मदकोटबाट सीमा नदी महाकाली तरेर आएका बैतडीका १० र दार्चुलाका २ जनालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्