२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

सीमाबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन

भारतको मदकोटबाट सीमा नदी महाकाली तरेर आएका बैतडीका १० र दार्चुलाका २ जनालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लियो।

चार दिनदेखि कल्भर्टमा

सीमानाका खुलेको सूचना पाएपछि झुलाघाट पुगेका बाजुराका आठ नेपाली भारतीय अलपत्र परेका छन् । उनीहरु भारतको लुहाघाटमा काम गर्दै आएका थिए । वैशाख १८ गते सीमा नाका खुलेको सूचना पाएपछि हिडेर झुलाघाट पुगेका उनीहरु चार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका छन् ।

भीभीआइपी सुरक्षामा खटिएका दुई तिहाई सुरक्षाकर्मी फिर्ता हुँदै

गृहमन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआइपी)को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिरिषदमा लगेको छ। सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो।

सीमावर्ती क्षेत्रमा प्रहरीका थप १८ युनिट

कोरोना महामारी विस्तार हुन नदिन सुनसरीका सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका गरी १८ वटा युनिट थपिएका छन् ।

भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो

नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ।

सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ।

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो ।

सीमानाका तीन दिन बन्द

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले नेपाल–भारतसीमा तीन दिनका लागि बन्द गरिएको छ। सोमबार राति १२ बजे बन्द गरिएको बिहीबार (२१ गते) राति १२ बजेसम्मका लागि बन्द गरिएको हो।

सीमानाकाको सुरक्षा व्यवस्थामा कडाइ

चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

तीन दिन सीमानाका बन्द

स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए ।

सीमानाका भएर चेलीबेटी बेचबिखन बढ्दो

कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्याए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्