९ आश्विन २०८१ बुधबार
image/svg+xml

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

बीरगन्जबाट गोली नभएको कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

प्रहरीले बीरगन्जबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ बीरगन्ज महानगरपालिका १३ बाट दुई जना युवालाई गोली नभएको कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ।

ब्राउनसुगरसहित छ युवा पक्राउ

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ।

कुटपिटबाट पुरुषको मृत्यु, पाँच जना पक्राउ

खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् । कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुष पक्राउ परेका हुन् । चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशकुमार खरेलले बताए ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा रिसोर्टका प्रबन्धक पक्राउ

कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

भारत हिँडेकी महिला ४ केजी चरेससहित पक्राउ

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ बसपार्कमा एक महिला ४ किलो चरेश सहीत पक्राउ परेकी छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर. २ राङ्सी की ३४ की पुर्णिमा घर्तिमगरलाई चरेससहित पक्राउ गरेको हो।

बौद्धबाट युरेनियमसहित ४ जना पक्राउ

प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ।

१९ वर्षिय युवकको शंकास्पद मृत्यु, तत्कालीन ओली समूहका केन्द्रीय सदस्य पक्राउ

एक १९ वर्षिय युवाको शंकास्पद मृत्युको घटनामा मोरङ प्रहरीले एक जनालाई बुधबार पथरी शनिश्चेरबाट पक्राउ गरेको छ।

खुल्लामञ्च कब्जा गर्न खोज्ने ठेकदार मनोज भेटवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

बलात्कार गरेको आरोपमा एक पक्राउ

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

बलात्कार आरोपित पक्राउ

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्