२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९÷११÷३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन गई मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए।

खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ। रासस

प्रकाशित: ९ चैत्र २०७७ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App