९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बीरगन्जबाट गोली नभएको कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

अवैध हतियारसहित पक्राउ परेका दुई जना।

प्रहरीले बीरगन्जबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ बीरगन्ज महानगरपालिका १३ बाट दुई जना युवालाई गोली नभएको कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका २४ का २७ वर्षीय दिपेन्द्र साह र सोही ठाउँका २३ वर्षीय सनोज गुप्ता रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।  

प्रकाशित: ११ चैत्र २०७७ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App