१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। 

मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे  विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ। रासस

प्रकाशित: १२ चैत्र २०७७ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App