यु–१९ क्रिकेटः सुदूरपश्चिम प्रदेश फाइनलमा
सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित ३१ रनको योगदान गरे।
सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित ३१ रनको योगदान गरे।
वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १६ सदस्यीय टोलीको घोषणा गरेको छ।
अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेका त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो।
नेपाल क्रिकेट संघ(क्यान)ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ। घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानमा खेलाउने गरि मैदानको मर्मत शुरु गरिएको छ।
लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस काठमाडौँले उपाधी जितेको छ । धनगढी स्थित संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले जित हात पार्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए ।
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीयल) क्रिकेट प्रतियोगितामा लिग चरणका खेल आज बुधवार सकिने भएका छन । लिग चरणवाट छनौट भएर ३ वटा टिम सेमिफाईनल प्रवेश गरिसकेका छन भने आज होली ल्याण्ड अत्तरिया र शारदा सरस्वती मा.वि. दोधारा चाँदनी बिच हुने खेलवाट सेमिफाईनल प्रवेश गर्ने टिम छनोट हुने छ । काठमाडौँको हिमालय ह्वाइट हाउस, बाल बाटिका र लिटल फ्लावर सेमिफाईनल प्रवेश गरिसकेका छन् ।
सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब भिड्ने भएका छन् ।
धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनीया र विद्या भूषणले दोस्रो जित निकालेका छन् । शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले जितेको छ । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २र२ विकेट लिए ।
धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा शारदाले त्रिनगर माविलाई ६१ रन अन्तरले जितेको हो ।
धनगढीमा संचालन भैरहेको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत आईतवार भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार देखि विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन भैरहेको हो । आईतवार भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले जितेको छ । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनाएको थियो । उस्का लागी सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको योगदान गरेका थिए भने अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाएका थिए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिएका थिए ।
लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।
नियमित कप्तान जो रुट पारिवारिक कारण टोलीबाट बाहिर रहँदा स्टोक्सले इङ्ल्यान्डको कप्तानी सम्हाल्न लागेका हुन्। रुट दोस्रो सन्तानका पिता बन्ने भएकाले उनले पहिलो टेस्टमा आफ्नो नाम फिर्ता लिएका थिए।