९ आश्विन २०८१ बुधबार
image/svg+xml

तातोपानी नाकाबाट सामग्री आयात हुन थाल्यो

एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन थालेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोवार बिस्तारै बढ्दै गएको छ।

हुरीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री

गएको चैत १७ गतेको विनाशकारी हुरीबाट पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। देवताल गाउँपालिकामा रहेका दुई सामुदायिक विद्यालयमा अध्ययनरत आठ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री वितरण गरेको हो। नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय रौवाहीमा अध्ययनरत ६ सय ५० विद्यार्थी र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रमपुर्वामा अध्ययनरत दुई सय २७ विद्यार्थीलाइ कापी, कलम, शब्दकोशलगायतका सामग्री वितरण गरेको संघले जनाएको छ।

हुरी पीडित ८ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाराका हावाहुरी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गएको चैत १७ गते आएको बिनाशकारी हुरीबाट पीडित देवताल गाउँपालिकाका दुई सामुदायिक विद्यालयका ८ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री बितरण गरेको हो।

अझै उठ्न सकेन हिमाली गाउँ लप्ची

गत साता मात्र बस्ती निरीक्षण गरेर फर्किएका गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले ३४ घरधुरीमध्ये एउटाको पनि पुनर्निर्माण हुन नसकेको जानकारी दिए।

कान्तिमा छैन बजेट

कान्ति बाल अस्पतालमा एक महिनादेखि यता विभिन्न आवश्यक सामग्री खरिद गर्ने बजेट कमी भएपछि अस्पतालमा संकट परेको छ । अस्पतालमा बिरामीको उपचारमा आवश्यक सलाइन दिने सामग्री, प्रयोगशालामा चाहिने एक्सरे तथा सिटिसक्यान फिल्म, गाडी तथा जेनेटर इन्धनको अभाव भएको छ ।

इन्फिनिटीको राहत वितरण कार्यक्रम

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको कार्यालय परवानी र प्रसौनी अन्तर्गतका ८१ जना सदस्यको घर परिवारलाई चामल, दाल, चाउचाउ लगायत सामग्री सहयोग गरेको छ।

बारामा हुरी पीडितका लागि स्वास्थ्य शिविर, बालबालिकालाई शैक्षिक सामग्री

बाराको हुरी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मजोङ्ग फाउण्डेसन तथा वरिष्ठ साहित्यकार डा. रवीन्द्र पाण्डेको सहयोग र जीएचआरडीको आयोजनामा मंगलवार बाराको फेटा गाउँपालिका २ मा पीडितहरुको स्वास्थ्य जाँच तथा औषधि वितरण र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।

ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको प्रयोगलाई औंल्याइएको हो।

भक्तपुर नगरपालिका वडा नं ५ को समस्या

भक्तपुरको विशेण बिस्का जात्रा (बिस्केट जात्रा) २७ बाट सुरु हुन्छ। अबको वडाको समस्या भनेको बाटोमा राखिएका निर्माण सामग्री देखिन्छ। किनभने जात्रामा तीन तल्ले भैरवनाथको रथ तानिन्छ। अर्को समस्या चारपांग्रे निषेध भनेर राखेको लठ्ठा पनि हो। रथ तान्ने बेला यो निकाल्ने हो कि होइन। यसको बीचबाट रथ छिर्छ भन्छन्। यो गाडी भए त सजिलै जान्थ्यो होला र यो रथ भएको करणले भनेको जसरी कहाँ हुन्छ र। यो पनि समस्या छ अहिलेको जात्रामा।

थुलुङ भाषाको पाठ्यसामग्रीका लागि अनुदान

थुलुङ दुधकोशी गाउँपालिकाले थुलुङ राई भाषाको कक्षा–२ को पाठ्यसामग्री प्रकाशनका लागि १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

औषधि र राहत बोकेर डा. केसी बारामा

आइतबार बेलुका आएको हावाहुरीबाट प्रभावितको उपचार र राहत सामग्री वितरण गर्नको लागि डा.गोविन्द केसी बारा आएका छन्। मंगलबार पुरैनिया पुगेका डा. केसीले हावाहुरीबाट घाइते भएकाहरुको उपचार र राहत सामग्री समेत वितरण गरेका छन्।

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।

रसुवागढीबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक

रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक लगाइएको छ। बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) बिना ल्याइएका सामग्री आयातमा रोक लगाइएको हो। चार वर्षदेखि प्रमाणपत्र बिना कृषि तथा वनजन्य सामग्री आयात हुँदै आएको छ। यो महिनादेखि यी वस्तु आयातमा रोक लगाइएको प्लान्ट क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ।

समयमा सामान नपुग्दा हुम्लाका ११ वटा झुलुंगे पुलको बेहाल

टेन्डर आह्वान भएका पुलमा मुच, घटेखोला, बुराउसे, ठाडोखोला ठेहे, सिक्पा खोला, पुल राहदेव, चारटङग्रे झुलुङ्गे पुल चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला श्रीनगर, खारखोला दार्मा, मिमि खोला, पोरीगाउँ खोला झुलुङ्गे पुल नेप्का, बालुखोला रोडिकोट र चाँफेतडी  झुलुङ्गे पुल श्रीनगर छन्।

बिउ तथा कृषि सामग्री वितरण

कृषि उत्पादन बढाउनका लागि रसुवाको नौकुण्ड गाउँपालिकाले बिउ तथा सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाको कृषि शाखाले मकैको बिउ, आलुको बिउ र चार किसिमका सामग्री वितरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्