९ आश्विन २०८१ बुधबार
image/svg+xml

खाजा खर्चबाट मुसहर बालबालिकालाई सहयोग

जिल्लास्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले आइतबार मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरेका छन्। ईश्वरपुर नगरपालिकाअन्तर्गत बयलबास बजारस्थित लालिगुराँस एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्चबाट उक्त सहयोग गरेका हुन्। चन्द्रनगर गाउँपालिकाअन्तर्गत बबरगंजस्थित मुसहर टोलका ४० बालबालिकालाई कापी, पेन्सीललगायत शैक्षिक सामग्री उनीहरूले सहयोग गरेका हुन्।

लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंक लिमिटेडले भरतपुर–८, चितवनस्थित माध्यमिक विद्यालय गौरीगन्जलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने।

बङ्लादेशका २० हजार वेबसाइट बन्द

बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन्।

सहायता सामग्री सेनाको अवरोध

भेनेजुएली नागरिकका लागि सहायता सामग्री बोकेर आएको कन्टेनरलाई सेनाले कोलम्बियासँगको सीमामा रहेको पुलमै रोकिदिएको विपक्षीहरुले बताएका छन्।

पौने पाँच अर्बको कृषि तथा वनजन्य सामग्री आयात

चीनबाट साढे दुई वर्षमा चार अर्ब ७८ करोड बराबरको कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै चार अर्ब ७८ करोड ७६ लाख ६ हजार मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री आएको छ।

कृषि सामग्रीमा विषादीको मात्रा घटेको सरकारी दाबी

सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे।

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च

कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ। दाना उद्योगीको भेलाले प्रतिबोरा १५० का दरले दानाको मूल्य बढाएको हो। दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए।

विद्यार्थीद्वारा खेल सामग्री हस्तान्तरण

राजधानीस्थित धुम्वाराहीमा रहेको नेशनल कलेजका विद्यार्थीले गैह्रीधारामा नेपाल अटिजम केयर सोसाइटीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। तेस्रो वर्षमा अध्यनरत विद्यार्थीले प्रोजेक्ट म्यान्जमेन्ट बिषयको क्रियाकलाप अन्तर्गत ‘गेमिंग फर च्यारिटी’ विषयक लुडो, बिङ्गो र उनो खेल कलेजमै आयोजना गरेर त्यसवाफत उठेको रकमबाट उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो।

खेल सामग्रीले महिला खेलाडी दंग

विगत २ वर्षदेखि बागमती युवा क्लबमा आबद्ध भई फुटबल प्रशिक्षणरत १७ वर्षीया अनु राई सोमबार दंग थिइन्। त्यस्तै सोही क्लबकी सुस्मिता थिङ पनि फुरुंग थिइन्।

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ। त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ।

सर्वसाधारणको चासो गुणस्तरीय निर्माणमा

निर्माण सामग्री प्रदर्शनीको दोस्रो दिन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सर्वसाधारणको भिडभाड देखिएको छ। धेरै अवलोकनकर्ता निर्माण सामग्रीबारेमा जानकारी लिन उत्सुक थिए।

जेलमै मासिक १५ हजार आम्दानी

रसुवा कारागारमा परम्परागत सामग्री निर्माण गरेर निरबहादुर लामाले मासिक १५ हजारसम्म आम्दानी गरिरहेका छन्।

नाग्म गमगडी सडक : ग्राभेल गर्न कमसल सामग्री प्रयोग

जुम्ला कालिकोटको सिमाना नाग्मगाडदेखि सिजा हुँदै मुगुको गमगडी जोड्ने सडक ग्राभेल गर्नको लागि कमसल निर्माण सामग्रीको प्रयोग भइरहेको पाइएको छ। ग्राभेल गर्ने नाममा सडकमा कमसल सामग्री थुपार्ने गरेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्