५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जेलमै मासिक १५ हजार आम्दानी

रसुवा – रसुवा कारागारमा परम्परागत सामग्री निर्माण गरेर निरबहादुर लामाले मासिक १५ हजारसम्म आम्दानी गरिरहेका छन्।

बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने काठका सामग्री, दराजका सामान र थांका बनाएर उनले राम्रो आम्दानी गरिरहेका छन् । ‘सामग्रीको अर्डर आउने क्रम बढिरहेको छ,’ उनले भने, ‘माग अनुसार सामग्री बनाउन सकेको छैन।’

अर्डर गरेको सामग्री निर्माण गर्न तीन दिनदेखि एक महिनासम्म लाग्ने उनको भनाइ छ । निर्माण गरिएको सामान रसुवा जिल्लामा नै खपत हुने गरेको छ । उनले बनाएका सामानको मूल्य पाँच हजारदेखि १० हजारसम्म पर्छ।

यस्ता सामग्री महिनामा सातवटासम्म निर्माण हुने गरेको छ । उनले अर्को साथीसँग मिलेर सामान बनाउँदै आएका छन् । कारागारभित्र बाँसको मुडा, पाङ्गाप, पोते, सिरक डस्ना लगायत सामग्री निर्माण भइरहेको कारागारले जनाएको छ।

त्यसैगरी, बाँसको मुडा र ज्याकेटको बिक्री समेत बढेको रसुवा कारागारले जानकारी दिएको छ । सिजनमा मासिक ६० वटासम्म ज्याकेट बिक्री हुने गरेको छ । प्रतिज्याकेट १७ सय रुपयाँ पर्छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App