१० आश्विन २०८१ बिहीबार
image/svg+xml

चिल्ड्रेन होमलाई शैक्षिक सामग्री

‘सोसियल सस्टेनेबल युथ फाउन्डेसन’ले दसैंको अवसरमा किर्तिपुरस्थित चिल्ड्रेन होमलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ । २५ जना बालबालिका रहेको उक्त चिल्ड्रेन होमलाई शैक्षिक सामग्री वितरण गरेको हो।

म्याद गुज्रेका ११ बोरा उपभोग्य सामग्री जफत

खोटाङको हलेसी बजारमा म्याद गुज्रेका र अनाधिकृतरुपमा बिक्रीका लागि राखिएका उपभोग्य सामग्री जफत गरिएको छ।

निर्माण सामग्री अभावले चार लेन प्रभावित

निर्माण सामग्री अभावले प्रदेश राजधानी वीरेन्द्रनगरको चार लेन सडक प्रभावित भएको छ । स्थानीय तहले ढुंगा, गिट्टी र बालुवाको ठेक्का नखुलाउँदा प्रदेश राजधानीको मुख्य सडक निर्माण प्रभावित बनेको हो।

परालको त्यान्द्रोबाट आकर्षक सामग्री

परम्परागत सुकुल बुनेर जीविका चलाउँदै आएका साना गाउँका किसानले परालको आफ्नो कामलाई आधुनिक रूप दिन थालेका छन् । सुकुल गाउँले समेत चिनिने ललितपुरको महालक्ष्मी नगरपालिका–६, स्थित साना गाउँका किसानले परम्परागत कामबाट मात्र जिविका चलाउन नसकेपछि पुख्र्यौली कामलाई आधुनिकीकरण गरेका हुन्।

कमसल मसला र जस्ता पाता

जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित समुदायका लागि निर्माण गरिएका नयाँ घरमा निकै कमसल सामग्री प्रयोग गरेको पाइएको छ।

सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाउने

सरकारले यौनजन्य अश्लील सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ।

खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ।

सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तर

जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकायलाई उद्दार सामग्री मंगलबार हस्तान्तरण गरेको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले विपद्को बेला अत्यावश्यक पर्ने सामग्री मंगलबार सुरक्षा निकायलाई हस्तान्तरण गरेको हुन्।

बाढी पीडिलार्इ उद्धार सामग्री प्रदान

वर्षेनी बाढीको चपेटामा परी लाखौँ जनधनको क्षति हुने गरेको महोत्तरी जिल्लामा बाढीबाट उद्धारका लागि एक संस्थाले उद्धार सामग्री प्रदान गरेको छ।

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

कलैया उपमहानगरपालिकाले अग्रेजी माध्यममा पठन पाठन गराउने नगर क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेको छ।

बड्की नाचका कलाकारलाई वाद्य सामग्री प्रदान

सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दपुरका बड्की नाँचका कलाकारलाई वाद्य सामाग्री प्रदान गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अगुवाइमा ६ सय वर्ष पुरानो इतिहास बोकेको नाचको संरक्षण गर्न कलाकारलाई वाद्य सामग्री प्रदान गरिएको हो।

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन्।

५६ बालविकास केन्द्रलाई सामग्री प्रदान

राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्