१० आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बड्की नाचका कलाकारलाई वाद्य सामग्री प्रदान

काठमाडौं– सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दपुरका बड्की नाँचका कलाकारलाई वाद्य सामाग्री प्रदान गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अगुवाइमा ६ सय वर्ष पुरानो इतिहास बोकेको नाचको संरक्षण गर्न कलाकारलाई वाद्य सामग्री प्रदान गरिएको हो।

प्रज्ञा प्रतिष्ठानको नृत्य विभागका संयोजक एवम् प्राज्ञ परिषद सदस्य रमेश रञ्जन झाको संयोजकत्वमा नाचका लागि आवश्यक वाद्यवादन तवला, मादल, घुँघरुलगायतका सामग्री प्रदान गरिएको हो ।सिन्धुलीमा आयोजित एक कार्यक्रममा नाचका प्रमुख पल्टु कुँवरसहित नाच टोलीलाई जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर वर्मा, उप–प्रमुख सम्झना अधिकारी दनुवार, नाट्य विभाग प्रमुख झाले वाद्यवादन सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पल्टुसहित बिल्टा कुँवर, रानी अधिकारी, रक्षा कुँवर, बेचना धामी, गोरे अधिकारी, कासीलला धामी, शर्पा कुँवर, कन्या थारु, काँसीलला धामी, गेन्मा कँुवर र विश्वनाथ कुँवरले कृष्ण चरित्रमा आधारित बुड्की नाँच देखाएका थिए ।जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख दनुवारले चाँडै दनुवार संग्रहालय स्थापना गर्ने तयारी भइरहेको बताइन् । समितिका प्रमुख वर्माले बाल्यकालमा आफूले देखेको नाच लामो समयपछि दनुवार समुदायले पुन नाचेको देख्न पाउँदा खुसी लागेको बताए।

प्रज्ञा परिषद् सदस्य झाले विद्यापतमा आधारित ६ वर्ष पुरानो यो नाच अहिले पनि प्राचीन शैलीमा र भाषामा मञ्चन हुँदै आएको देख्न पाउँदा खुसी लागेको बताए । नाचका टोली प्रमुख कुँवरले आफुहरुसँग वाद्यवादन सामग्री नभएकै कारण लामो समय यसलाई प्रस्तुत गर्न नसकेको स्मरण गर्दै नाचलाई आफ्नो पुस्ताले अब निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।
 

प्रकाशित: २० असार २०७५ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App