१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

म्याद गुज्रेका ११ बोरा उपभोग्य सामग्री जफत

खोटाङ, – खोटाङको हलेसी बजारमा म्याद गुज्रेका र अनाधिकृतरुपमा बिक्रीका लागि राखिएका उपभोग्य सामग्री जफत गरिएको छ।

नजिकिँदै गरेको दसैं र तिहारको समयमा हुन सक्ने मूल्या बृद्धि, कालोबजार, कृत्रिम अभावलगायतका समस्या न्यूनीकरणका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको हलेसीमा आईतबार गरिएको बजार अनुगमनकाक्रममा म्याद नाघेका ११ बोरा उपभोग्य सामग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एबं बजार अनुगमन समितिका संयोजक सन्तोष सुबेदीले बताए।

दिक्तेलमा शुक्रबार बजार अनुगमन गरेको अनुगमन समितिले दुई दिनपछि हलेसी बजारमा पुगेर बजार अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र ईलाका प्रहरी कार्यालयले संयुक्तरुपमा गरेको बजार अनुगमनकाक्रममा म्याद गुज्रेको विस्कुट, चाउचाउ, मसला, चक्लेट लगायतका उपभोग्य सामग्री जफत गर्नुका साथै अनाधिकृतरुपमा बिक्रीका लागि राखिएका पेट्रोल पनि जफत गरिएको छ। जफत गरिएको सामग्री ईलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ।

जफत सामग्री जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने तयारी गरिएको छ। हलेसीका ४५ वटा खाद्य तथा किराना पशल, ३३ वटा होटल र लज अनुगमन गर्दा अधिकांश पसलमा मूल्या सूची नराखेको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेको, अन्तशुल्क दर्ता नगरी रक्सी र सुर्तीजन्य पदार्थ बिक्री गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ। 

 

प्रकाशित: २२ आश्विन २०७५ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App