२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सात जनाविरुद्ध भष्टाचार मुद्दा

सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको पाइएको छ।

विशेष अदालतमा कानुनविपरीत इजलास

विशेष अदालत ऐनअनुसार तीनजना न्यायाधीशको इजलास गठन हुनैपर्ने व्यवस्था छ। तर साउन यता दुईजना न्यायाधीशको इजलास गठन हुँदै आएको छ।

महानगरका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अर्बको भ्रष्टाचार मुद्दामा ५० लाख धरौटी

कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित ३ जनाविरुद्ध अख्तियारले २०७८ असार ९ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १ अर्ब रूपैयाँ बढीको माग दाबी गरिएको भ्रष्टाचार मुद्दामा जनही ५० लाख धरौटी राख्न अनुमति दिएको छ।

राजस्व हिनामिनाः चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

भ्रष्टाचार मुद्दाको चाप बढ्यो

विशेष अदालतमा भ्रष्टाचार,सम्पत्ति शुद्धीकरणमाअहिलेसम्मकै धेरै मुद्दा दर्ता भएका छन्। यस आर्थिक वर्षमा ४ सय ५० थान मुद्दा दर्ता भएका हुन्। विशेष अदालत स्थापना हुँदाकै बेलादेखि स्रोतसाधनमा दिनहुँ थपिने मुद्दा छिन्न कठिन हुँदै गैरहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए। ‘विशेष अदालतमा अहिलेसम्मकै धेरै भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘सुरुदेखिकै स्रोत साधनमा छौं। भवन छैन, जनशक्ति सीमित हुँदा समयमै मुद्दाको फछर्यौट हुन सकेको छैन।’

पूर्वगभर्नर रावलले पाए सफाइ

विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ दिएको छ।

सिनियर डिभिजन इन्जिनियरविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

गैर–कानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध आरोप–पत्र दायर गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्