४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महानगरका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले उक्त भवन निर्माणको बोलपत्रको मूल्यांकन प्रतिवेनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेकाले महानगरका खरिद एकाइका कर्मचारीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्त्यिारले जनाएको छ।

महानगरको टेकुस्थित भवन निर्माणसम्बन्धी ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उप–निर्देशक बखतबहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको अख्तियारको आरोप छ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले महानगरका चारैजना कर्मचारीले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसूर गरेको देखिएकोले सोही ऐनको दफा ९ बमोजिमको सजाय माग दाबी गरी बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित: १ पुस २०७८ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App