३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राजस्व हिनामिनाः चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स(प्रमाण पुष्टि भएको अख्तियारले दावी गरेको छ।

प्रकाशित: ११ आश्विन २०७८ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App