चिनी अभावले उद्योग संकटमा
चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायतका उद्योग संकटमा परेका छन् । नेपाली बजारमा पर्याप्त मात्रामा चिनी नपाइएपछि कच्चा पदार्थ अभावका कारण नेपाली उद्योगहरू संकटमा परेका हुन् ।
चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायतका उद्योग संकटमा परेका छन् । नेपाली बजारमा पर्याप्त मात्रामा चिनी नपाइएपछि कच्चा पदार्थ अभावका कारण नेपाली उद्योगहरू संकटमा परेका हुन् ।
उद्योगले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा भएकाले अब सञ्चालन गर्नै नसकिने जानकारी दिएको हो ।
खाद्य वस्तुको गुणस्तर मापन गर्ने निकायले नै गुहणस्तरहीन चिनीलाई खानयोग्य भनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।
नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका चिनियाँ जहाज अधिकांश समय नउडाएरै घाटामा गएको देखिएको छ। एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपैयाँमा खरिद गरिएका चारवटा विमान अधिकांश समय जमिनमै रहेको देखिएको छ। यी जहाज २०७१, २०७३ र २०७४ मा खरिद गरिएको हो।
संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्याउने भन्दै विरोध गरेको छ ।
अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपैयाँ घाटा बेहोरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले ती जहाजको उडान स्थगन गरी बिक्री प्रक्रियामा जाने निर्णय लिएको छ।
विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ ।
जुम्लाको पातारासी गाउँपालिकामा सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढ्दै गइरहेका बेला उनले नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिएका हुन् ।
सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएकी छिन्।
राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।
भारतमा चिनियाँ उत्पादन बहिष्कारको अभियानसमेत सुरु भएको छ भने सोमबार भारत सरकारले नै चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसले दुई मुलुकबीच तनाव थप बढ्ने देखिएको छ।
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।