७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताएका हुन् । उनले भने, 'केही मध्यपूर्वका राष्ट्रहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केशहरु बढिरहेकोले अवको अवस्था आगामी दिनमा झन् खतरा हुदै जाने देखिएको छ ।' उनका अनुसार साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो ।

ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । निर्देशक मान्धारीका अनुसार ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको छ ।

त्यस क्षेत्रमा गएका केही हप्ताहरुयता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएका पाइएको छ । उनले यी देशहरुमा त्यहाँका नागरिकले यस संक्रमणलाई कम आँकलन गरेको पाइएको छ । नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईँ गरेको पनि पाइएको छ ।

त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ । स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको संख्या घटाइएको देखिएको छ । त्यस्तै सरकारले यहाँ धेरै जना मानिसलाई जम्मा हुन नदिने तथा अरु सुरक्षाका मापदण्डहरु अपनाउने कुरामा पनि सरकारकाले कडाइ नगरेकोले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले यसअघि पनि जनाएको थियो ।

प्रकाशित: ३ श्रावण २०७७ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App