प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संकट देखिएसँगै शीतल निवास र चिनियाँ राजदूतावास सक्रिय भएका छन्। नेकपामा अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकातर्फ छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह अर्कातर्फ।
कांग्रेसका सांसद एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले पश्चिमा र भारतीय इसारामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको बताएको दाबी ग्लोबल टाइम्सको छ।
आफूले गाएको गीत सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुसी ल्याओस्!’
सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए।
अहिले बजारमा चिनी प्रतिकिलो ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भइरहेको छ । सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर बजारमा हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।
नेपाल सरकारले आयोजना निर्माणका लागि आउने क्रममा रहेका व्यवस्थापक तथा कामदारको विवरण समयमै स्वीकृत नगर्दा आयोजना निर्माण प्रभावित भएको छ। रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले गएको साउनको अन्तिममा इलोक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इन्डियाको चार जनाको लिस्ट ऊर्जा मन्त्रालयमा पठाएको थियो।
कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो ।
चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् ।
मानिस प्रकृतिको अङ्ग हो। प्रकृतिबाट अलग रहेर मानव बाच्न सक्दैन। प्रकृतिले नै मानिसलाई जीवन वरदान दिएको छ भने प्रकृतिमा नै मानवलाई नष्ट गर्ने क्षमता रहेको यस कोरोना महामारीले पुष्टि गरेको छ।
समर्थकलाई मैदान प्रवेशमा अनुमति दिनु भनेको उहान कोरोना भाइरसबाट मुक्त भयो भन्ने सन्देश दिनु समेत रहेको त्यहाँका अधिकारीको भनाइ छ।
भारतीय सञ्चारमाध्यमले नेपालको सीमा लिपुलेकनजिक चीनले अतिरिक्त सैनिक खटाएको दाबी गरेका छन्।
चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायत उद्योग संकटमा परेका छन्। नेपाली बजारमा पर्याप्त मात्रामा चिनी नपाइएपछि कच्चा पदार्थ अभावका कारण नेपाली उद्योग संकटमा परेका हुन्।
चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले ठूलो महत्व दिएको बताएका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सवका अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुभकामना तथा बधाई आदानप्रदान गर्दै सीले द्विपक्षीय हित र प्रगतिका लागि आफू नेपालसँग सहकार्य गर्न निकै इच्छुक रहेको धारणा राखेका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेसनले मौज्दात सकिन लागेको जानकारीका साथ चिनी खरिदका लागि प्रस्ताव पठाएको ६ महिनापछि सरकारले स्वीकृति दिएको छ। साल्ट ट्रेडिङले गत फागुनमा ५० हजार मेट्रिक टन चिनी आयातका लागि प्रस्ताव पठाएको थियो।