२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

फुटबल हेर्न चिनियाँ समर्थकको जाग्राम

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस महामारीको इपिसेन्टर मानिएको उहानको चिनियाँ सुपर लिग क्लब उहान जाल आइतबार मैदानमा उत्रँदा समर्थकहरूले पहिलो पटक मैदानमा उपस्थित भएर खेल हेर्न पाउँदै छन्, जसका लागि उत्साही बनेका केही समर्थकले निदाउन समेत नसकेको बताएका छन्।

कोरोना महामारीको करिब ३ महिनापछि केही लिग तथा क्रिकेट प्रतियोगिता भए पनि ती सबै बन्द रंगशालामा सञ्चालन भएका थिए। तीमध्ये एक हुन्, जाओ याजोन, जसले कोरोना भाइरस महामारीका कारण उहान सहज छोडेकी थिइन्। ४२ वर्षीया उहान जालकी कट्टर समर्थक याजोनले आफ्ना हातका नङमा सुन्तला र सेतो रंग कोरेकी छिन्। उनको टाउकोमा समेत सुन्तलाजस्तै रंग पोतिएको छ भने मुखमा क्लबको स्लोगान अंकित फेस मास्क लगाएकी छिन्।

‘मलाई लाग्दैन कि आज राति म निदाउन सक्छु, गत राति पनि हामी निदाउन सकेनाैं, किनभने हामी निकै उत्साही थियाैं,’ चाइनिज सुपर लिग सुरु हुनुअघिको रातमा उनले भनिन्, ‘सबै ब्युँझिएका छन्, सबैले ग्रुप च्याटमा रमाइरहेका छन्। बिहानको ४ बजे समेत मानिसहरू भनिरहेका हुन्छन्, नसुतांै बरु सबै समर्थक एक ठाउँमा जम्मा हुँदै कुराकानी गराैं भन्छन्।’ सबै समर्थकले विभिन्न नारा अंकित झन्डा बोकेका छन्। त्यहाँका रेलहरूमा समेत उहानको रक्षा गराैं भन्ने स्लोगन पोतिएको छ। ‘हामी मनकारी छौं, इमानदार छांै र विभिन्न आँधी र तुफानमा समेत एकताबद्ध छौं,’ समर्थकहरूले यही गीत गाइरहेका छन्।

समर्थकलाई मैदान प्रवेशमा अनुमति दिनु भनेको उहान कोरोना भाइरसबाट मुक्त भयो भन्ने सन्देश दिनु समेत रहेको त्यहाँका अधिकारीको भनाइ छ।

सिएसएलका सुरुआती खेलमा सीमित दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिइनेछ। जुनमा भने सिएसएलका खेल बन्द रंगशालामा भएका थिए। समर्थकलाई मैदान प्रवेशमा अनुमति दिनु भनेको उहान कोरोना भाइरसबाट मुक्त भयो भन्ने सन्देश दिनु समेत रहेको त्यहाँका अधिकारीको भनाइ छ। उहान जालका समर्थकले नौ महिनाअघि मैदानमा उपस्थित हुँदै आफ्नो टोलीको खेल हेरेका थिए। जनवरीमा उहान कोरोना भाइरसका कारण लकडाउनमा जाने विश्वको पहिलो सहर थियो। ७६ दिनपछि मात्र अवस्था सामान्यतर्फ फर्किएको थियो।

‘सारा सहर पज भएको थियो,’सुनसान उहानको बारेमा याजोन सम्झिन्छिन्, ‘तर अहिले हामी सामान्य अवस्थामा फर्किसकेका छाैं। हामी खेल हेर्न मैदानसमेत फर्कंदै छाैं। सबै समर्थकका लागि यो सुखद संकेत हो। क्लबले सबैलाई टिकट दिएको छ।’ जालका प्रशिक्षक जोजे गोन्जाग्वेजले मैदानमा  समर्थकको उपस्थिति विशेष हुने बताए। ‘समर्थकको उपस्थितिले नयाँ ऊर्जा दिनेछ र यो विशेष क्षण हो,’ गोन्जाल्वेजले भने।

प्रकाशित: २२ भाद्र २०७७ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App