कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राही मर्कामा
कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए।
कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए।
नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ।
सरकारले हतारमै संघीय निजामती सेवा ऐन २०७५ अध्यादेशमार्फत ल्याउने तयारी गरेको छ।
लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा सुरु गरेको छ।
लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने भएका छन्।
कोटेश्वरका दिलिप न्यौपानेले झन्डै वर्ष दिनअघि नवीकरण गरेको लाइसेन्स लिन तीन पटक यातायात कार्यालय धाए । उनी जति पटक पुगे पनि अर्को पटक आउनु भन्ने जवाफ पाए । बालाजुकी उज्ज्वला घिमिरेले पनि झन्डै वर्ष दिन अघि स्कुटीको ट्रायल पास गरिन् । तर उनले लाइसेन्स भने अझै पाउन सकेकी छैनन्।
सेवानिवृत्त न्यायाधीश श्यामबहादुर प्रधानको नयाँ कृति ‘हिमाल फेदीको मान्छेको यात्रा’ सार्वजनिक भएको छ।
नेपाल वायुसेवा निगमले दाङको टरि गाउँ विमान स्थलमा चिनियाँ जहाज वाई १२ ईको परीक्षण उडान गर्ने भएको छ।
सरकारले मुख्य सचिवको पदावधि एक वर्ष र सचिवको पदावधि दुई वर्ष थप गर्न सक्नेगरी संघीय निजामती सेवा अध्यादेश ल्याउने तयारी गरेको छ। संसदको वर्खे अधिवेशन सुरु भएको मौका छोप्दै सरकारले मन्त्रिपरिषद्को विधेयक समितिमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदालाई अध्यादेशका रूपमा ल्याउने तयारी गरेको हो।
कर्णाली प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट हवाई सेवा सुरु गर्ने जानकारी दिएको हो।
जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्। प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकांश विद्यालय तीनदिनदेखि एक साताका लागि बन्द गरेका हुन्।
नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ। कोषले परिवारबाट अवहेलित भई कष्टकर जीवन बिताइरहेका असहाय, ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरुको स्याहारसुसार तथा पालपोषण गर्दै आइरहेका तीन संघसंस्थालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।
सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५ ले आगामी पाँच वर्षभित्रमा नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरेको हो।